सयौंको आँसु पुछ्ने शरिन १३ बर्ष पछि इजरायलवाट नेपाल आइपुदा एयरपोर्टमै भक्कानिइन, धर्तीलाइ ढोग्दै यसो भनिन (भिडियो हेर्नुस्)

काठमाडौं । इजरायलमा बसेर थुप्रै नेपाली महिलालाई उद्दार गर्ने सरिन तामागं १३ वर्ष पछि नेपाल आएकी छन् । उनले विमानस्थलको मेन गेट देखाउँदै भनिन् कैयौ नेपाली चेलीवेटी र दाजुभाईलाई मैले यहि गेटवाट उद्दार गरेर नेपाल पठाउने गरेकी थिए अहिले आफै यहि गेटवाट नेपाल भित्रदा म निकै भावुक भएकी छु । उनले इजरायलमा मात्र होइन वैदेशिक रोजगारीमा रहेर विपदमा परेका सयौं ब्यक्तिलाई उनले उद्दार गरेकी थिइन् । उनले गरेको कामको उच्च मुल्याकंन गर्दै नेपालीले विमानस्थलमा भब्य स्वागत गरेका छन् ।

स्वागतका लागि गएका उनका समर्थकले खादा र माला लगाएर स्वागत गरेका छन् । उनले कतार, दुवई, इजरायल लगायतका मुलुकमा विपदमा परेकाहरुलाई उद्दार गरेको बताइएको छ । उनले आफु नेपाल आउनु अघि पनि एक जना पीडित महिलाका बारेमा बताइरहेकी थिइन् । नेपाल आउनै लाग्दा उनले सामाजिक सञ्जाल मार्फत एक महिलाको बारेमा थाहा पाएकी थिइन् ।

उनले फेसवुकमा लाइभ गरेर त्यसका बारेमा सबैलाई अवगत गराएकी थिइन् । १३ वर्ष इजरायल बसेर नेपाल फर्केकी उनले आफ्नो प्रवास बसाई सकिएको बताएकी छन् । उनले फेसवुक क्याम्पियन चलाएर समस्यामा परेकाहरुलाई सहयोग गर्ने गरेकी थिइन् । उनले १३ वर्षको आफ्नो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएकी थिइन् । आफु एक्लै सबै कुरा सम्भव नभएको र सबैको सहयोगमा मात्र त्यसरी सबैलाई सहयोग गर्न सकेको भन्दै सबैको नाम लिँदै धन्यवाद दिइन् ।

उनले आफु नेपालमै भए पनि विदेशमा अलपत्र परेका नेपालीहरुलाई अझै पनि सहयोग गर्ने प्रतिवद्धता गरेकी छन् । विदेशमा रहेका आफ्नो टिमका साथिहरुको सहयोगमा अलपत्र परेका नेपालीहरुलाई अझै सहयोग गरिरहने बताएकी हुन् । उनले आफ्नो इजरायल बसाईका क्रममा सुरुका दिनमा आफुले पनि निकै दुख पाएको बताइन् । २००६ मा इजरायल गएकी उनले काम नजान्दा निकै दुख पाएको बताइन् । इजरायल गएको ६ महिनामै खुट्टा भाँचिएका कारण ८ महिना अस्पताल बस्नु परेको पनि सुनाइन् । त्यसवाहेक आफुले इजरायलमा भोगेको समस्याका बारेमा बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *