विहेको अन्तिम तयारीमा राजेशपायल राई, परिवारले दुलही हेर्न युके बोलाए (भिडियो हेर्नुस्)

काठमाडौं । चर्चित गायक राजेश पायल राई विवाहको अन्तिम तयारीमा जुटेका छन् । युरोप भ्रमणमा रहेका राई विवाहका लागि भ्रमण छोडेर उनी युके पुगेका छन् । पोर्चुगल जानुपर्ने उनको भ्रमण तालिका छोडेर विवाहको तयारीका लागि राई युके पुगेको परिवारका सदस्यले बताएका छन् । उनको बुवा आमा सहित परिवारका अधिकांस सदस्य युकेमै छन् ।

एक साता अघि मात्र राजेशले एउटा गीत सार्वजनिक भएको थियो । हुरुक्कै भए म भन्ने उनको गीतले निकै लोकप्रियता पाएको छ । जसमा दयाहागं राईले अभियन गरेका छन् । त्यो गीतमा उनले जुराई देउ अब लौ एउटा भन्दै साकेला थानको थान देउतालाई पुकारा गरेको गीतमा देख्न सकिन्छ । तर संयोग नै मान्नुपर्छ त्यही गीतमा गरेको पुकार सुनेर उनलाई बेहुली भित्र्याउने अवसर जुरेको छ । सांगेतिक क्षेत्रमा राम्रो छवि बनाएका राजेशको रेखा थापा, केकी अधिकारी र सञ्चारकर्मी सुरक्षा अधिकारी लगायत केही चर्चित अभिनेत्रीसंग नाम जोडिदै आएको थियो ।

तर उनले सबैसंग राम्रो मित्रता भएको बताउँदै आएका थिए । उनले चाँडै नेपाल फर्केर सबै कुरा सार्वजनिक गर्ने बताएका छन् । युकेमै बस्ने एक युवतीसंग राजेशको विवाहको कुरा भएको परिवारको सदस्यले बताएका छन् । राजेशलाई उनका शुभचिन्तक र परिवारका सदस्यले विवाहको दवाव दिइरहेका थिए । राजेशले पनि त्यो कुरा बताएका थिए ।

मलाई विवाहको निकै दवाव छ । उनको आमा र बुवाले जो ल्याए पनि स्वीकार गर्ने बताएका थिए । दाईको छोराले कोट किनिदिन सक्ने भैसक्यो त्यसैले मलाई पनि अब त ढिलो पो हुन लाग्योकी भन्ने लागेको छ । राजेशको आमाले पनि हाम्रो छोरासंग केही गुनासो छैन एउटा बुहारी ल्याइदेओस भन्ने मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *