सडक दुर्घटनामा यसरि ४ जनाको निधन !

छुट्टाछुट्टै दुर्घटनामा आज ४ जनाको निधन भएको छ । धादिगंमा ट्याक्टरवाट खसेका एक जना मजदुरलाई सोही ट्याक्टरले किच्दा घटनास्थलमै निधन भएको छ । धादिगं बेनिघाटरोरागं गाउँपालिका ३ मा भएको दुर्घटनामा एक जनाको निधन भएको हो । बेल्टार जाने सडक खण्डमा रहेको मलेखु पेट्रोल पम्प नजिक मलेखुवाट सामोबगर तर्फ जाँदै गरेको ना ५ ख ०१६० नम्बरको ट्याक्टरवाट खसेका हरी सुनारलाई सोही ट्याक्टरले किचेर निधन भएको हो ।

धादिगं गजुरी २ का २५ वर्षीय सुनारको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि केहीवेर अवस्द्ध भएको सडक अहिले सुचारु भएको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको भएपनि चालक भने फरार छन् । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।

त्यस्तै रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको निधन भएको छ । भैरहवा–लुम्बिनी हुलाकी सडकखण्डअन्तर्गत मायादेवी गाउँपालिका–४ वनकसियामा टिपरले रुपन्देहीको मायादेवी गाउँपालिका–२ भिलरहवाका ६० वर्षीय रमेश लोधको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवाबाट लु २ प १८७९ नंको मोटरसाइकलमा लुम्बिनीतर्फ जाँदै गरेका लोधलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ३३१४ नंको टिपरले ठक्कर दिँदा घटनास्थलनै निधन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सप्तरीको बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको निधन भएको छ । बोदे बसाइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको निधन भएको सप्तरी प्रहरीले जनाएको छ ।

निधन हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत ७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनकुनिया खातुनको निधन भएको हो । हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैैजाने क्रममा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *