पाकिस्तानमा अनौठो रहस्यमयी ग्यासका कारण १४ जनाको मृत्यु, सयौ प्रभावित

पाकिस्तानको कराँची शहरको केमारी इलाकामा अनौठो रहस्यमयी ग्यास लिक हुँदा दर्जन बढी व्यक्तिको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको कुन ग्यास हो के हो अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार मृ’तकको संख्या १४ पुगेको छ । अधिकारीले विगत दुई दिनदेखि ग्यास कहाँबाट निस्किएको हो भनेर पत्ता लगाउन खोजिरहेको छ ।

केमारी इलाकाका मानिसहरुमा सास फेर्न गाह्रो हुने, आँखा, घाँटी र नाक पोल्ने र आँखाबाट आँसु बग्ने समस्या देखिएको छ । आइतबार रातीदेखि अ’चानक मानिसहरुमा समस्या देखिन सुरु भएपछि उनीहरु अस्पताल जान सुरु गरेका थिए ।

सिन्ध प्रान्तको नगरपालिका मन्त्री नासिर हुसैन शाहले अहिलेसम्म साढे दुई सय प्रभावित व्यक्तिलाई अस्पतालमा भर्ना गरेका छन् जसमा धेरैजसोलाई उपचारपछि घर पठाइएको छ । यस ग्यासको अहिले कराँची युनिभर्सिटीको ल्याब र पिसीएसआईआरमा नमूनाको अध्ययन गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *