शाहरुख खानकी कावेरी आमाको निधन

काठमाडौँ । बलिउडका नायक शाहरुख खानकी कावेरी आमाको निधन भएको छ ।बलिउडकी कलाकार किशोरी बलालको मंगलबार राति भारतको बेंगलुरुको एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विभिन्न चलचित्रमा महत्वपूर्ण भूमिका निभाएकी बलालले सन् २००४ मा प्रदर्शन भएको बलिउड नायक शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी थिइन्।उक्त चलचित्रमा उनको भूमिकाको निकै चर्चा भएको थियो। त्यसपछि उनी भारतमा कावेरी आमाको उपनामले पनि परिचित छन् ।

यो पनि अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)

काठमाडौं। विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् ।

हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् ।

दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए । प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए र पटक पटक नमस्ने गरिरहेका देखिन्थे । उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *