एक भारतीयले घरमा बनाए ट्रम्पको मन्दिर, दिनदिनै भन्छन्- जयजय ट्रम्प

फेब्रुअरी २४ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्पले दुई दिन भारत भ्रमण गर्दैछन्।राष्ट्रपति ट्रम्पको स्वागतमा भारतले तयारी गरिरहेको बेला तेलङ्गनाका जनगाँउका एक जनाले ट्रम्पको मुर्ति बनाएर पूजा गरेका छन्।

उक्त गाँउका ३३ वर्षिय बुस्सा कृष्णले आफ्नो घर पछाडि ट्रम्पको मुर्ती बनाएर पूजा गरेका हुन्। उनले हिन्दु परम्पराअनुसार दिनहुँ पूजाआजा गर्ने गरेको समाचार संस्था एएफपीलाई बताए।’ट्रम्प सर तपाई मेरो भगवान हो,’ कृष्णले भने, ‘भारतमा स्वागत छ, म एकदमै खुशी छु।’

कृष्णले फेसबुक र इन्स्टाग्राममा ट्रम्प लेखिएको निलो र रातो टि-सर्ट लगाएर मुर्ति पूजा गरिरहेको तस्विर समेत राखेका छन्।ट्रम्पले प्रधानमन्त्री मोदीको गृहप्रदेश गुजरातमा रहेको विश्वकै सबैभन्दा ठुलो स्टेडियम सरदार भल्लाभभाई पटेलको उद्घाटन गर्दैछन्।उनलाई ‘नमस्ते ट्रम्प’ नामक र्‍याली अन्तरर्गत एक लाख १० हजार जनाले स्वागत गर्नेछन्।

यो पनि भारतको केरलामा थप एक जनामा देखियो कोरोनाभाइरस

भारतको केरलामा अर्का एक व्यक्तिमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छ।चीनबाट भारत फर्किएकामध्ये आइतबार अर्को एकमा पनि सो भाइरसको संक्रमण भेटिएको हो। अहिले ती संक्रमित बिरामीलाई विषेश निगरानीमा राखिएको छ।

केही दिन अघि मात्रै केरलामै चीनमा अध्ययन गरेर फर्केकी एक छात्रामा सो भाइरस देखा परेको थियो।केरलामा पहिलो भाइरस संक्रमित बिरामी फेला परेदेखि १७ सय ९३ जनालाई निगरानी गरिरहेको इण्डिया टुडेले जनाएको छ। यी सबै चीनबाट फर्केका हुन्। ७० जनालाई भने छुट्टै वार्डमा राखेर निगरानी गरिरहेको छ।

भारतको स्वास्थ मन्त्रालयलअनुसार ती बिरामीलाई अलापपुझा मेडिकल कलेजमा राखिएको छ। ती बिरामी गत जनवरी २४ मा भारत फर्केका थिए।केरलाको सरकारले तीन जनालाई यस भाइरसबारे गलत जानकारी दिएको आरोपमा पक्राउ गरेको छ र आत्तिन पर्ने स्थिति नभएको बताएको छ।यसअघि चीनको वुहान युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीमा सो भाइरस फेला परेको थियो। चीनमा मात्रै कोरोना भाइरसका कारण ३०० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *