फागुन ९ गते मुलुकभर सार्वजनिक बिदा

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ।

र याे पनि

भोजपुर – समाजमा सय वर्ष उमेर काटेको मान्छे प्रायः कमै मात्र भेटिन्छन् तर भोजपुरमा एक व्यक्ति १ सय ८९ वर्ष उमेरका छन् ।ती व्यक्ति उमेर अनुसार बुढा भने छैनन् । उनको नागरिकतामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ८९ वर्ष पूरा भएको छ।

सदरमुकामदेखि २ दिन लाग्ने साल्पासिलिछो गाउँपालिकास्थित साविकको खाटम्मा गाउँ विकास समिति वार्ड नं.–७ का खम्बधन राईको जन्म मिति नागरिकतामा बिक्रम सम्बत १८८६ साल रहेको छ ।

राईको २०४१ साल चैत ५ गते भोजपुर जिल्लाबाट जारी भएको नागरिकतामा जिल्ला प्रशासन कार्यालय, भोजपुरका तत्कालीन प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । राई भने ९० वर्ष पनि पुगेका छैनन् ।

नागरिकता सच्याउन २ दिनको पैदल हिँडेर सदरमुकाम जानुपर्ने भएको तथा वृद्ध भत्ता खानबाहेक खासै यसको काम पनि नदेखेकाले नागरिकता नसच्याएको राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *