एकाबिहानै प्रहरीले फोनमा भन्यो- खु,रु,क्क चौकी आउने कि भ्या,न पठाउँ

टेकनबहादुर थापा चीनको बेइजिङबाट फर्केको चार दिन भयो। काठमाडौं आएदेखि एकपल चैनको सास फेर्न पाएका छैनन्।सतुंगल बस्ने टेकनलाई छिमेकीहरू शंकाको आँखाले हेर्छन्। धेरैले त उनीसँग बाेलीचाली पनि बारेका छन्। छिमेकीको शं,का दूर गर्न उनले टेकु अस्पताल गएर जचाए, तै धर पाएका छैनन्।

उनी आफ्नो स्वास्थ्य रिपोर्ट खल्तीमै बोकेर हिँड्छन्। सोध्न आउनेलाई त्यही देखाउँछन्। कति चुप लाग्छन्, कति नपत्याएर केरकार गर्न थाल्छन्।मलाई कोरोना लागेको भए उहीँ चीनमै मर्थें, नेपाल आउँदिन थिएँ। मेरो परिवारलाई किन सार्थें? मेरो परिवार मलाई प्यारो छैन र?’ टेकनले भने, ‘अचम्म लाग्यो, नेपालमा मैले सोच्दै नसोचेको घटना भयो।’

टेकन होटल म्यानेजमेन्टको इन्टर्नसिप गर्न दस महिनाअघि बेइजिङ पुगेका थिए। कोरोना भाइरसको प्रकोपले चीनका होटल रित्ता भएपछि उनी उतै जचाइवरी फागुन ३ गते काठमाडौं फर्केका हुन्।समस्याको सुरूआत फर्केको भोलिपल्टै भयो।फागुन ४ गते बिहानै सतुंगल प्रहरी

चौकीका इन्स्पेक्टरले उनलाई फोन गरेर भने, ‘खुरुक्क चौकी आउने कि भ्यान पठाउँ।’टेकन तर्सिए।चीनबाट फर्किंदा कुन्मिङमा १७ घन्टा ट्रान्जिटमा बिताउनुपरेकाले उनी थाकेका थिए। बिहान ९ बज्नै लाग्दा पनि ओछ्यानबाट उठेका थिएनन्। एक्कासि प्रहरीले घरबेटीको फोनमा फोन गरेपछि उनको हंसले ठाउँ छोड्यो। विस्तृत कारण उनले बुझेकै थिएनन्।प्रहरी चौकी पुगेपछि मात्र थाहा पाए, उनीविरूद्ध उजुरी परेको रहेछ। बेइजिङबाट आउँदा ‘कोरोना भाइरसको संक्रमण बोकेर ल्याएको र घरमै लुकेर बसेको’ भन्दै छिमेकीहरूले वडा कार्यालयमार्फत्

उजुरी दिएका रहेछन्।भाइरसको भन्दा बढ्ता डर टेकनलाई अब प्रहरीको भयो। छिमेकीहरूले गर्ने शं,काको भयो।बेइजिङबाट नेपाल आउने क्रममै उनको शरीरको तापक्रम बीसौंचोटि नापिएको थियो। सबभन्दा पहिला, बेइजिङ एयरपोर्ट छिर्नासाथ गेटैमा तापक्रम जाचियो। सुरक्षा जाँच र बोर्डिङ पास लिने ठाउँमा फेरि नापियो।कुन्मिङको १७ घन्टे ट्रान्जिटमा हरेक दुई घन्टामा परीक्षण हुन्थ्यो। पटक-पटक जाँच्दा पनि तापक्रम स्थिर देखिएपछि उनी नेपाल उड्न पाएका थिए।

यहाँ आएपछि समस्याबाट पार पाइयो भन्ठानेका थिए, खास समस्या बल्ल सुरू भयो।छिमेकीको उजुरी पछ्याउँदै जीवनमै पहिलोपटक प्रहरी चौकी टेकेका टेकनलाई उनीहरूको व्यवहारले त्रसित बनायो।तँ किन नेपाल आइस्? तँ भाइरस बोकेर आउने अनि लुकेर बस्ने? तँलाई केही नभएको भए नेपाल सरकारले ल्याइहाल्थ्यो, आफैं आउनुपर्थ्यो!’ त्यस दिन प्रहरीको ‘दुर्व्यवहारपूर्ण’ सोधपुछ टेकनले सम्झे।

उनले भने, ‘म आफ्नै देश पैसा तिरेर आउन नपाउने भन्ने छ र! सरकारले बेइजिङबाट नेपालीहरूलाई उद्धार गर्ने भनेको पनि छैन।’उनी प्रहरी चौकीमा आफूलाई हेपिएको र नेपाल फर्केकोमा हिनताबोध गराइएको बताउँछन्। ‘प्रहरीजस्तो राज्यको जिम्मेवार संस्थाले मलाई कैदीजस्तो व्यवहार गर्‍यो,’ उनले भने, ‘तँ भाइरस बोकेको मान्छे नजिक नआइज भन्यो।’

कोरोना भाइरस संक्रमणबीच चीनबाट एक्लै फर्कनुलाई नै प्रहरीले ‘अ,प,रा,ध’ मानेको टेकन बताउँछन्।मैले बेइजिङमै स्वास्थ्य परीक्षण गराएको र कुनमिङमा पनि छिनछिनमा जाँचिएको भन्दाभन्दै उनीहरूले पत्याएनन्,’ उनले भने, ‘पटक-पटक एउटै कुरा सोध्थे- तँ एक्लै किन आइस्? सरकारले उद्धार गर्छु भन्दाभन्दै आफ्नै पैसा खर्च गरेर किन आउनुपर्‍यो?’

प्रहरीले बेइजिङबाट फर्केकै नाममा भाइरस सं,क्र,मण,को शं,का गरेर सोधपुछ गर्नु नै अस्वाभाविक घटना हो। संक्रमण फैलिएपछि चीनका विभिन्न सहरबाट धेरै यात्रु नेपाल आइरहेकै छन्। सात सयभन्दा बढी त चिनियाँ पर्यटक नै आए। उनीहरू कसैलाई प्रहरीले सोधपुछ गरेका छैनन्। टेकनलाई भने थानामै बोलाएर के,र,का,र गरे।

‘मैले आफूलाई कोरोना भाइरस लागेको छैन भनेर प्रहरीलाई कसरी देखाउनु? प्रहरीले बरू मेडिकल रिपोर्ट लिएर आऊ भनेको भए हुन्थ्यो,’ उनले भने, ‘उनीहरूलाई शंका थियो भने मलाई सोझै अस्पताल लगेर जचाउनुपर्थ्यो। मानिलिउँ, मलाई रोग लागेकै भए त झन् यसरी थानामै लगेर केरकार गर्दा उनीहरूलाई पनि सर्ने डर भएन र, कस्ता होलान्!’टेकनका अनुसार, सुरूमा त प्रहरीले ‘तँ चाइनिज हो’ भनेर पनि सोधेका थिए।उनले ‘होइन, नेपाली नै हो’ भन्ने जवाफ दिए।

त्यसपछि फेरि सोधेछन्, ‘नेपाली बोल्न आउँछ?’ जबकि, यति बेलासम्म टेकनले नेपालीमै जवाफ फर्काइरहेका थिए।यतिले नपुगेर, प्रहरीले चीनबाट फर्केको टिकट माग्नुका साथै चीन गएको कागजपत्र पनि देखाउन लगाए।मलाई त किन नेपाल फर्किएछु भनेर ग्लानी नै भयो,’ उनले भने, ‘चीनमा एउटै कोठामा गुम्सिएको थिएँ। यहाँ आएर ढुक्क होला भनेको त, आफ्नै छिमेकी र आफ्नै प्रहरीको यस्तो व्यवहार सहनुपर्‍यो। बरू चीनमै म,रे,को भए हुन्थ्यो, नेपाल किन आएँ भन्ने लाग्यो।’

‘म चीनको कुनै गाउँबाट बसमा भागेर काठमाडौं आएको थिइनँ। बकाइदा प्लेनमा स्वास्थ्य जाँच गराउँदै आएको थिएँ। प्रहरीको व्यवहारले मलाई रुवायो,’ उनले भने।टेकनले चीनबाट फर्कंदाको एउटा घटना सुनाए।उनी नेपाल आउने भनेपछि एक चिनियाँ व्यक्तिले हजार आरएमबी (१७ हजार नेपाली रूपैयाँ) दिँदै भनेछन्, ‘यहाँ अहिले यस्तो खैलाबैला छ, तिमी आफ्नो घर जाऊ, सुरक्षित हुन्छौ।’टेकनले जवाफ दिए, ‘म ममीलाई सरप्राइज दिन्छु, साह्रै सुर्ता मा,नेर बस्नुभएको छ।’

आज आफ्नै देशमा सबैले शंकाको आँखाले हेर्दा उनी घरिघरि तिनै चिनियाँ व्यक्तिलाई सम्झन्छन्। ‘बसेको ठाउँमा सबै मलाई नेगेटिभ पाराले हेर्छन्। म उनीहरूलाई कोरोना भाइरस सल्काउन चीनबाट आएजस्तो व्यवहार देखाउँछन्। मलाई त होइन, हाम्रो गाउँ-टोलको दिमागमै कोरोना भाइरस छिरेको छ,’ उनले भने।त्यस दिन प्रहरीको केरकारपछि टेकनले यति कमजोर महशुस गरे, उनलाई चौकीबाट फर्कंदा आमाले हात समातेर ल्याउनुपर्‍यो। प्रहरीले घरबाट कतै ननिस्कन आदेश दिएको थियो। त्यही भएर सोमबार दिनभरि कतै गएनन्।

मंगलबार भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे। जचाए। डाक्टरले केही समस्या छैन भनेर रिपोर्ट दियो। उनी त्यही रिपोर्ट ज्याकेटको खल्तीमा बोकेर हिँड्छन्।कि त नेपाल सरकारले चीनबाट आउने सबैलाई सर्टिफिकेट दिनुपर्‍यो। होइन भने मजस्ताले सर्टिफिकेट र मेडिकल रिपोर्ट बोकेर कति दिन हिँड्नु?’ उनले भने, ‘मलाई रोग लागेको छैन भनेर सबुत दुखाउँदै हिँड्नु दु:खपूर्ण कुरा हो।’

बाँकेका टेकन दस वर्षदेखि आफ्नी आमासँग सतुंगल बस्दै आएका छन्। उनका बुबा साउदी अरबमा काम गर्छन्। एक जना दाइ साइप्रसमा छन्, अर्का अमेरिका।टेकनको परिवारले बुधबार आफू बस्दै आएको कोठासमेत छाड्नुपर्‍यो। ‘घरबेटीले घर बेचेकाले कोठा छाड्नैपर्ने थियो। तर केही दिन थप बस्थ्यौं होला। अहिलेको अवस्थाले छिट्टै छाड्यौं,’ टेकनले भने, ‘प्रहरीले भ्यान लिएर आउँछु भनेपछि घरबेटीले पनि बेइज्जत हुन्छ भने।’

टेकनकी आमा छोरालाई गरिएको व्यवहारले सम्हालिन सकेकी छैनन्। उनी विदेशमा भएका छोराहरूसँग आत्तिँदै कुरा गर्छिन्। टेकन आमालाई सम्झाउने कोशिसमा छन्।मैले खेपेको पीडाले निद्रा लागेको छैन। खाना पनि रुच्दैन। अब त मौसम परिवर्तन हुने बेला छ। खोकी लाग्यो भने पनि मान्छेले शंका गर्ने अवस्था छ,’ उनले भने, ‘नेपाल आएर खुसी हुन पाएको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *