छिमेकी मुलुक चीनलाई नेपालका यी १७ जना पत्रकारले दिए यस्तो जवाफ [नामसहित हेर्नुहोस्]

काठमाडौं । नेपालमा पत्रकार र चिनियाँ दुतावास आमुन्ने–सामुन्ने भएका छन् । चीनका १४० करोड भन्दा धेरै जनताको आस्थाका रुपमा रहेका माओको तस्बिरलाई कोरोना भाइरससँग जोडेर लेख राखेपछि नेपालमा रहेको चिनियाँ दुतावासले नाम नै तोकेर धम्की दिएको भन्दै नेपालका नाम चलेका केही सञ्चारमाध्यमहरुले विरोध जनाएका छन् ।

अरुले राखेको लेखलाई नेपालको चर्चित अंग्रेजी पत्रिका द काठमाडौं पोस्टले छापेको थियो । यसमा कोरोना भाईरसबाट चिनियाँ अर्थथन्त्रमा परेको प्रभावलाई लिएर माओको मुखमा माक्स लगाइएको छ । यसखालको तस्बिरलाई चिनियाँहरुले आफुहरुको भावनासँग खेलेको बताएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आपत्ति जनाएका छन् । बुधबार १७ सम्पादकहरुले विज्ञप्ति जारी गर्दै दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाएका हुन् ।

मंगलबारको ‘काठमान्डु पोष्ट’मा छापिएको ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकको समाचारमा चीनको युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाएको फोटोबारे दूतावासले विज्ञप्ति जारी गरेको थियो । १७ सम्पादकले जारी गरेको विज्ञप्तिमा हस्ताक्षर भने गरिएको छैन् ।

सम्पादकहरुले भनेका छन, ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकले जारी गरेको विज्ञप्तिमा भनिएको ‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’ सम्पादकहरुको नाम तल हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *