मेल्बोर्नमा लोक सङ्गीतका कार्यक्रमलाई बिशेष प्राथमिकता र निरन्तरता दिदै आएको नेप्को इन्टरटेनमेन्टले मेल्बोर्नका लोक सङ्गीतका पारखीहरुका लागि प्रत्यक्ष दोहोरीको साथमा डिजे साँझ आयोजना गर्दैछ। सुख दुख साँझ नाम दिईएको उक्त कार्यक्रम आउँदो शनिवार २२ फेब्रुअरीमा साईप्रस कम्युनिटी हलमा साँझ छ बजेबाट शुरु हुँदैछ।
निशुल्क प्रवेशको व्यबस्था गरिएको यस कार्यक्रममाका लागि चर्चित कलाकार, समाजसेवी तथा सँचारकर्मी शिशिर भण्डारी अष्ट्रेलिया आईपुगिसकेका छन् । उनीसँगै सुनीता दुलाल, विजय लामा,अर्जुन सुनम, विजयजङ थापा, पुर्ण परियार लगाएत अन्य धेरै चर्चीत कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिने छन् । सामाजिक उद्येश्यका साथमा आयोजना हुन लागेको सुख दुख साँझबाट उठेको रकमको केहि प्रतिशत शिशिर भण्डारीले गर्दै आएको बिभिन्न सामाजिक
अभियानमा दिईनेछ । ए.इ.सी माईग्रेशन एण्ड एजुकेशनको प्रस्तुति सुख दुख साझँमा ए.ई.सी.का सिईओ तथा कलाकार होम दवाडीको पनि उपस्थिति रहनेछ ।कार्यक्रमका बारेमा थप जानकारीका लागि- +61405193351 (होम दवाडी)अष्ट्रेलिया जाँदा प्लेनमा शिशिर भण्डारीलाई यस्तो भयो/ कोरोना भाईरसले हेर्नुस (भिडियो)