काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले राजिनामा दिएका छन्। सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बास्कोटाले राजिनामा दिएका हुन् ।
मन्त्री बास्कोटाले राजिनामा दिएलगतै उनिसंगै धनगढी विमानस्थलबाट एउटै विमानमा काठमाडौँ आएका चर्चित गायक प्रमोद खरेलले एक स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ”सँगै एउटै विमानबाट वल्लो पल्लो सिट धनगढी बाट काठमाडौँ आइयो। म कोटेश्वर पुग्दैछु। उहाले राजिनामा ठोकिसक्नु भएछ। कति फास्ट हौ जे मा पनि !”गायक प्रमोद र मन्त्री बाँस्कोटा विमानबाट त्रिभुवन विमानस्थलमा एकसाथ बाहिरिएका थिए।
तर गायक प्रमोद साधारण व्यक्ति आउने मार्गबाट बाहिरिए भने मन्त्रि बाँस्कोटा भीआईपी मार्गबाट बाहिरिएका थिए । प्रमोद विमानस्थलबाट कोटेश्वर नपुग्दै एकसाथ त्रिभुवन विमानस्थल आइपुगेका मन्त्रि बास्कोटाले राजिनामा दिएको खबर सुनेपछि अचम्मित हुदै स्टाटस लेखेका थिए।मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
राजिनामाबारे बिहिबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी गराएका हुन् । राजिनामा दिएका बारे आधिकारीक पत्र प्राप्त नभएता पनि सम्बन्धित मन्त्रीले राजिनामा दिसकेको सापकोटाले संसदलाई जानकारी गराए।
कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्न खोजेपछि सापकोटाले सम्बन्धित मन्त्रीले राजिनामा दिसकेको जानकारी दिँदै संसद अवरुद्ध नगर्न आग्रह गरेका गरे।सापकोटाले राजिनामा बारे जानकारी गराएता पनि कांग्रेस सांसदहरुले अवरोध कायमै राखेपछि बिहिबारको प्रतिनिधि सभा कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा भएसँगै अहिले नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ।‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’भन्ने केपी शर्मा ओली क्याबिनेटकै सदस्यले घुसमा बार्गेनिङ गरेको अडियोनै सार्वजनिक भएपछि सर्वत्र विरोध भैरहेको छ।