कम्युनिष्ट नेताहरु प्रति प्रचण्डको चिन्तादेखि शिवरात्रिको रौनकसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचार मध्ये शिवरात्रिको सन्दर्भमा आज देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्यो । काठमाडौंको पशुपतिनाथको मन्दिरमा पनि दर्शनार्थीहरुको घुँइचो लाग्यो । पशुपतिमा सर्वसाधारण, विदेशी पर्यटकदेखि विभिन्न ठाउँबाट आएका साधुसन्तहरुको चहलपहल देखिन्थ्यो ।

यस्तै यतिबेला गाँजामा लागेको कानूनी प्रतिबन्ध हटाउने कि नहटाउने भन्ने विषयमा बहस भइरहेका छन् । गाँजा खुलाउन माग गर्दै संघीय संसदमा प्रस्ताव दर्ता भएपछि यो विषयले बहसको रुप लिएको हो ।

यता आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित छिटपुट वर्षा भएको छ । नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज हवाइ उडान र अवतरण प्रभावित बन्यो ।नेपालका १९ वटा वाणिज्य बैंकको बेस रेट घटेको छ । यससँगै ब्याजदर पनि घट्ने भएको छ ।

यस्तै ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहिबार राजीनामा दिए । यही कुरालाई इंगित गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन् । हेरौं यो भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *