सामाजिक सञ्जालमा नेहा-हिमांशको ‘वार’

कुनै समय ‘रिलेशनसिप’मा बसिसकेका बलिउड गायिका नेहा कक्कर र अभिनेता हिमांश कोह्‍लीबीच अहिले सामाजिक सञ्जालमा ‘वार’ चलिरहेको छ।केही साताअघि हिमांशले बम्बइ टाइम्ससँग कुरा गर्दै आफू नेहासँग ‘रिलेशनसिप’मा रहिसकेको र विहे गर्ने सोँचसमेत बनाएको खुलासा गरेका थिए।

तर एक वर्षपछि नेहा आफैँले ‘ब्रेकअप’ गरेको उनले बताएका थिए। आफैँ ‘ब्रेकअप’ गरेर सामाजिक सञ्जालमा आफ्नो बदनामी गरेको उनको आरोप थियो।लगत्तै नेहाले सामाजिक सञ्जालबाट त्यसको जवाफ दिएकी थिइन्। उनले लेखेकी थिइन्, ‘यदि मैले आफ्नो मुख खोले भने तिम्रो बुबा, आमा र बहिनीको हर्कत याद ताजा हुन्छ।’ नेहाले आक्रोशित हुँदै उक्त स्टाटस लेखेकी थिइन्।

त्यसको जवाफमा हिमांशले इन्स्टाग्राममा नेहालाई खुसी रहन आग्रह गरेका छन्। उनले नेहालाई इंगित गर्दै भनेका छन्, ‘तिम्रो खुसीको कारण तिमी आफैँ हौं। खुसी भएर बस्नु।’नेहा इन्डियन आइडलबाट बलिउडको यात्रा तय गरेकी थिइन् भने हिमांशले हमसे है लाइफ र यारिया फिल्मबाट बलिउड करियर सुरु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *