पोखरा बाघ का*ण्ड : मान्छे बाघ बनेको आरोपमा समातिए एक बृद्ध || बत्ति नबलेको घरमा यस्तो भयो (भिडियो)

पोखरा ३२ सुन्दरीडाँडा, कोठेगाउँमा गत माघ २३ गते चितुवाको आक्रमणबाट ज्यान गुमाएकी नौ बर्षिय पुजा बिकको घरमा पोखराका युवा व्यवसायी सन्तोष सुवेदीले हाउस वायरिङ सहयोग गरेका छन् । पुजा बिकको घरको अवस्थाको बारेमा भिडियो हेरेपछि गरिबिको कारणले बिजुली जोड्न नसकेको र यसले गर्दा अझ चितुवाको त्रास भएकाले आफूले सहयोग गरेको सन्तोष बताउँछन् । गाउँलेहरु अझै पनि चितुवाको त्रासमा बाँचिरहेका छन् भने बिजुली बत्ती नबल्दा स्वं पीडितको घरमा अझ बढी त्रास फैलिएको छ ।

बिहीबार सन्तोषले हाउस वयरिङ गर्दिएपनि बिजुलीको मिटरबक्स र बिजुल पुर्याउने काम कहिले हुने हो अझै अन्योल छ । वडा कार्यालयले छिटै बिजुली बाल्दिने बचनबद्धता गरेपनि घटना भएको १५ दिन सम्म पनि बिजुली पुगेको छैन । चितुवा पार्नको लागी गाउँलेहरुले घटना स्थलमा खोर बनाएका छन् तर पनि चितुवा परेको छैन । कहिले बाख्रा त कहिले कुकुर समेत खोरमा हालिएको छ चितुवा कराउँछ आउँत तर खोरमा पर्दैन स्थानीयले बताए । भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *