काठमाडौं । हिजो महाशिवरात्रिमा खराब भएको मौसममा केही सुधार आएको छ । तर, आज शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । जानकारी अनुसार हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना छ । यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै हुने उहाँले बताउनुभयो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन १० गते (शनिबार)दिउँसोः देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहनेछ |
फागुन ११ गते (आईतबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहन्छ। रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।
फागुन १२ गते (सोमबार) दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ। रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहन्छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- देशका पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको साथै पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |