भारतमा नेपाली तीर्थयात्रीको बस दु र्घ ट ना, मृ त्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँ । भारतमा नेपाली तीर्थयात्री चढेको बस दु र्घ ट ना हुँदा मृ त्यु हुनेको संख्या १० पुगेको छ।सुनसरीबाट ३४ जना तीर्थयात्री बोकेर माघ २३ गते तीर्थयात्राका लागि भारत पुगेको उक्त बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दु र्घ ट ना भएको थियो।

मृ त्यु हुनेहरुमा इटहरीका ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरी रहेका छन्।सोही दु र्घ ट ना मा परी यसअघि नै ६ जनाको ज्या न गएको थियो ।

यो पनि विदेश जाने नेपालीले अब भारतीय विमानस्थल प्रयोग गर्न नपाउने

काठमाडौं । विदेश जाने नेपालीले अब भारतीय विमानस्थल प्रयोग गर्न नपाउने भएका छन् । नेपालबाट स्थलमार्ग हुँदै भारत गएर त्यहाँको विमानस्थलबाट तेस्रो मुलुक उड्ने नेपालीहरुले अब भारतीय विमानस्थलबाट उडान अनुमति नपाउने दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भारतीय अध्यागमनले नेपालबाट स्थलमार्ग हुँदै भारतको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेको दूतावासद्वारा जारी सूचनामा जनाइएको छ । दूतावासले नेपालको स्थलमार्ग भएर भारतीय विमानस्थलमार्फत् विदेश जाने नेपालीलाई विमानस्थलमै रोक लगाइने भएका कारण नेपालकै विमानस्थल प्रयोग गर्न सुझाव समेत दिएको छ ।

भारत हुँदै तेस्रो मुलुक जानका लागि अब अनिवार्य रुपमा पासपोर्टमा नेपालको अध्यागमन विभागले छाप लगाएको हुनुपर्नेछ । तर, स्थलमार्गबाट भारत गएका नेपालीलाई पासपोर्टमा छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेको भन्दै दूतावासले नेपाली विमानस्थलमार्फत नै गन्तव्य मुलुकमा जान सुझाव दिएको छ ।

नेपालको अध्यागमन विभागको छाप भएको राहदानी नभइ भारतीय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान नपाउने व्यवस्था रहेको भन्दै समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न दूतावासले अनुरोध गरेको छ ।

१ वर्ष अघिसम्म नेपालीलाई भारतीय विमानस्थल प्रयोग गर्न कुनै रोकटोक थिएन । गन्तव्य मुलुकको भिसा प्राप्त गरेको जुनसुकै नेपालीले सहजै भारतीय विमानस्थलको प्रयोग गर्न पाउँथे । तर, दलालहरुले भारतीय बाटो हुँदै अवैध रुपमा खाडी लगायतका मध्यपूर्वी देशहरुमा मानव तस्करी गर्ने प्रवृत्ति बढेपछि एक वर्षअघिदेखि भारत हुँदै रोजगारीका लागि मध्यपूर्वी ९ वटा मुलुक जाने नेपालीलाई दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर (एनओसी) चाहिने नियम ल्याइएको थियो ।

नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युएई, इराक, लिबिया, लेबनान, ओमन र बहराइन जाँदा भारतीय अध्यागमनमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको एनओसी बुझाउनु पर्दथ्यो ।

भारतीय अध्यागमन पार गर्दै तेस्रो मुलुक जाने नेपालीहरूले राजदूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने कारणसहित निवेदन दिनु पर्दथ्यो । एनओसीको लागि यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा, हवाई टिकटको प्रतिलिपि र रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दूतावासमा बुझाउनु पर्दथ्यो ।

यसरी एनओसी प्राप्त गरेपछि नेपालीले भारतका जुनसुकै विमानस्थल प्रयोग गर्न पाउँथे । तर, अहिले ल्याइएको नयाँ नियमअनुसार भारतीय अध्यागमन पार गर्नलाई अनिवार्य रुपमा काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागको छाप चाहिने भएको छ ।

नेपालीले भारतीय विमानस्थल प्रयोग गर्नुको प्रमुख कारण सस्तो हवाइ शुल्क हो । नेपालका विमानस्थल भन्दा भारतीय विमानस्थल प्रयोग गर्दा नेपालीलाई धेरै सस्तो पर्दछ । कतिपय नेपाली विदेशबाट आवतजावत गर्दा भारतीय विमानस्थल नै प्रयोग गर्छन् । भारतसम्म जहाजको प्रयोग गरेर त्यहाँबाट नेपाल आउनजान स्थलमार्गको प्रयोग गर्छन् । अब यिनीहरुलाई यसको असर पर्नेछ । त्यसका अलावा दलालहरुले नेपालीलाई विदेश पठाउन पनि भारतीय विमानस्थलको प्रयोग गर्छन् ।

उनीहरुलाई अवैध रुपमा विदेश पठाउन नेपालको विमानस्थलमा सेटिङ गर्न भन्दा भारतको विमानस्थलमा सेटिङ मिलाउन सहज हुन्छ । त्यसैले दलालहरुले भारतीय विमानस्थल प्रयोग गर्न रुचाउँछन् । नयाँ नियमले दलालहरुले गर्ने मानव तस्करी रोकथामको लागि फाइदा पुग्ने देखिए पनि सस्तोको लागि भारतीय विमानस्थल प्रयोग गर्न चाहने नेपालीहरु भने प्रभावित हुनेछन् ।

यसबाहेक अहिले भारतमै कार्यरत रहेका र त्यहीँबाट तेस्रो मुलुक जान चाहने नेपाली भारतबाटै उड्न पाउने छैनन् । भारतबाट घुम्नका लागि तेस्रो मुलुक जान पनि पाइने छैन । जान चाहने नेपाली भारतबाट नेपाल आइ नेपालको विमानस्थलबाट उड्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *