कोरोना भाइरस : ईपीएस मार्फत कोरिया जान तयार ५० जना नेपालीको उडान रोकियो

काठमाडौं– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिएस मार्फत यसै हप्ता कोरिया जान तयार भएका नेपालीको उडान रोकिने भएको छ ।यसै हप्ताका लागि कोरियाको उडान तोकिएका करिब ५० जना नेपालीको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित गरिएको हो ।

ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालका अनुसार ईपीएस मार्फत कोरिया जान लागेका करिब ५० जनाको उडान मार्च तेस्रो सातासम्मका लागि स्थगित भएको हो । १९ गते एउटा ग्रुप कोरिया जाँदै थियो ।

रोष्टरमा नाम आई सम्पूर्ण प्रक्रिया पूरा गरि कोरिया जाने अन्तिम तयारीमा रहेका नेपालीको उडान तत्काललाई स्थगित हुने अवस्था देखिएको उनले बताए ।केही दिन यता दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेको छ ।

शनिवारसम्ममा करिब साढे चार सयमा संक्रमण देखिएको समाचारहरु सार्वजनिक भएका छन् । यससँगै रोजगारका लागि कोरिया गएका करिब ४० हजार नेपाली जोखिममा परेका छन्।

हाल दक्षिण कोरियामा कोरोनाभाइरसको कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जनामा संक्रमण फैलिएको छ ।चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ ।

यो पनि कोरोनाको महामारीले हिल्साको होटल व्यवसाय ठप्प

हुम्ला – चीनमा फैलिएको करोना भाइरसले पर्यटकीय चहल पहल ठप्प पारेपछि हुम्लाको हि,ल्सा क्षेत्रका होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् ।मानसरोवर कैलाशका लागि पर्यटकीय रुटका रुपमा पहिचान बनाएको हिल्साका होटेल व्यवसायी पर्यटक आवागमन नै नभएपछि ब्यवसाय बन्द गर्ने अवस्था सृजना भएको बताउँन थालेका हुन् ।

हिउँदे याम जसोतसो गुजारेका ब्यवसायीले आउँदो बैशाखदेखि सुरु हुने सिजन कस्तो रहला भन्ने चिन्ताले समेत सताउन थालेको छ ।हिल्साका होटेल व्यवसायी कर्मा लामाका अनुसार आधा दर्जन पर्यटकीय होटेलसहित असी घरधुरी रहेको हिल्सा बजार अहिले पाँच जना हेरालुको भरमा रहँदै आएको छ ।

हिल्सामा आगामी वैशाखबाट सिजन हुने भए पनि अब के हुन्छ भन्ने चिन्ताले पिरोल्न थालेको लामाले बताए ।हिल्साका होटेलहरुमा वैशाख तेस्रो सातापछि मानसरोवर कैलाशको सिजन शुरु हुने भएपछि भ्याई नभ्याई हुने गरेको थियो । तर, यसपाली भाईरसका कारण के हुने हो यसै भन्न सकिने अवस्था नभएको पर्यटन व्यवसायी रिन्जिन लामाले बताए ।

गत तीन वर्षदेखि हिल्सा नाका हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकको संख्या तीस हजार भन्दा बढी रहेको थियो । मानसरोवर कैलाशको सिजनमा हुम्लामा मात्र १५ करोड रुपैयाँ भन्दा बढी कमाई हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *