पुरै गाउँलाई नै ‘उल्लु’ बनाएर २ करोड भन्दा बढी रकम ठगेर भागिन् यी महिला, सयौं पीडित मिडिया गुहार्दै (भिडियो हेर्नुस्)

कोहलपुर । भिडियोमा हेर्नुस् सयौं ब्यक्ति एउटा हलमा जम्मा भएका छन् । सयौं मानिस न कुनै गोष्टि न सेमिनारका लागि जम्मा भएका भने होइनन् । एउटा पुरै गाउँलाई नै ठगी गरेर ४६ वर्यीया मनु वराल हराएपछि गाउँले यसरी भेला भएर न्याय माग्न आएका हुन् । घटना हो बाँकेको कोहलपुको । बाँके कोहलपुरकी ४६ वर्षीया मनु वरालले पुरै टोलका स्थानियलाई नै ठगी गरेर हराएकी छन् । उनले विभिन्न सहकारी संस्थावाट उनले लाखौं रुपैया लिएर हराएकी हुन् । उनले करिब दुई दर्जन बढी सहकारी संस्थावाट लाखौं रुपैया र केही स्थानियवाट पनि उनले पैसा लिएकी थिइन् ।

वरालले २ करोड भन्दा बढी रुपैया लिएर भागेपछि अहिले एक सय भन्दा बढी ब्यक्ति न्यायका लागि मिडियामा आएका हुन् । मनु वरालले एउटा गाउँलाई नै कसरी झुक्याउन सकिन त ? यो अचम्मको कुरा हो । यति ठूलो हिम्म त आँट कसरी गरिन् ? मनु माइती वर्दियाको बाँसगढी हो । उनलाई बाँसगढी छँदा देखि नै चिनेकी एक जना महिलाले विवाह अघि देखि पनि उनले समुहहरुमा खेल्ने गरेको देखेको बताइन् । माइतीमा समुहहरुमा बसेर ऋण लिन गरेको भएपनि यस्तो समस्या भने कहिल्यै नदेखेको बताइन् । वरालको श्रीमान मोटरसाइकल दुर्घटनाका कारण अहिले हिरासतमा छन् ।

भारतीय मोटरसाइकल चलाउने गरेका उनका श्रीमानले चलाएको मोटरसाइकलको ठक्करवाट एक जनाको निधन भएपछि उनी कारागार गएका हुन् । उनले कारागारमा रहेका श्रीमानलाई बाहिर निकाल्छु भनेर रुँदै आफुसंग पैसा मागेको बताइन् । पैसा दिने बेलामा श्रीमानले त्यती धेरै पैसा नदेउ भन्नु भएको थियो तर मैले विश्वार गरेर दिँए । अहिले मलाई नै रुने बनाइन् ।

अहिले सबै जना एकैठाउँ भएपछि मात्र पीडितको संख्या यतिधेरै होला भन्ने आफुहरुलाई नलागेको बताए । विमला पोखरेलले अहिले यतिधेरै जम्मा भएपछि अचम्म परेको बताइन् । आफुले उनलाई करिब १५ वर्ष देखि चिनेको बताइन् । उनले धेरै पटक पैसा लैजाने र तिर्ने समेत गरेका कारण आफुले विश्वास गरेको बताइन् । उनले आफु धरौटीमा बसेर उनका लागि ४ लाख रुपैया निकालीदिएको पनि बताइन् । अहिले उनले आफुले वराललाई दिएको पैसाको व्याज तिर्ने गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *