शाहिर कपुरसंगको सम्बन्ध यसकारण छुटेको थियो, ब्रेकअपको १३ वर्ष पछि करिनाले खुलाइन् कारण

एजेन्सी । कुनै सयम बलिउड अभिनेत्री करिना कपूर खान र शाहिद कपुर प्रेममा थिए । उनीहरुको प्रेमको चर्चा सामाजिक सञ्जाल देखि मिडिया सम्म थियो । दुवैले धेरै वर्षदेखि एक अर्कासँग ‘डेट’ गरेका थिए । उनीहरुको विवाह सम्मको कुरा पनि समाचार बनेका थिए ।

तर, अचानक उनीहरू दुबै छुट्टिए। भनौं प्रेम सफल हुन सकेन । तर त्यसको कारण भने करिनाले १३ वर्ष पछि खुलाएकी छन् । सम्बन्ध सकिएको १३ वर्षपछि करिनाले पहिलो पटक शाहिदसँगको सम्बन्ध विग्रनुको कारण खुलाएकी हुन् ।

करिना र शाहिदले धेरै पटक पर्दामा रोमान्स गरेको देखिन्थ्यो। धेरै फिल्ममा उनीहरुले संगै काम गरेका थिए। इम्तियाज अली निर्देशित सुपरहिट फिल्म ‘जब वी मेट’ पछि उनीहरुको सम्बन्धमा ब्रेक लाग्यो ।यसपछि करिना कपूरले अभिनेता सैफ अली खानसँग विवाह गरेर स्थापित भइन् ।

शाहिद कपुरसँग ब्रेकअप भएको वर्षौंपछि एक अन्तर्वार्तामा करिनाले यस विषयमा खुलासा गर्दै भनेकी छन् । यस अन्तर्वार्तामा करिनाले आफ्नो ब्रेकअपदेखि सैफ अली खानसँग विवाहसम्म बारेमा खुलस्त कुरा गरेकी थिइन्।

शाहिद कपूरसँग ब्रेकअपको बारेमा कुरा गर्दै करिनाले भनेकी छन्, ‘भाग्यका आफ्नै योजनाहरू हुन्छन् र जीवन पनि त्यसै अनुसार चलिरहन्छ। जब वी मेटको शुटिङदेखि लिएर ‘तशन’सम्म आइपुग्दा धेरै घटनाहरु भए, जस पछि हामी अलग अलग हुने निर्णय गर्यौं । ’

जब वी मेटमा करीनाले गीत नामक युवतीको भूमिका निभाएकी थिइन्। उनले आफ्नो जीवनमा पनि त्यही गीत चरित्रको फिल्मको पहिलो र दोस्रो खण्डमाजस्तो परिवर्तन भएको बताइन्।

करिना र सैफले २०१२ मा विवाह गरेका थिए। उनीहरुको एक छोरा छन्। करिनासँग छुटेपछि शाहिदले पनि २०१५ मा मीरा राजपूतसँग विवाह गरे।उनका एक छोरा र एक छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *