प्रधानमन्त्री ओलीको जन्म दिनका लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड (भिडियो भाइरल)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्म दिन उनले धुमधामका साथ मनाउँदा भएका केही गतिविधिले भने विवादित बन्न पुगेको छ।आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि उत्पन्न भएको विवाद केक बोक्न हेलिकोप्टर चार्टर्ड गरिएपछि थप विवादित बन्न पुगेको छ। सामाजिक सञ्जालमा केक

बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो भाइरल बनेको छ। कतिपयले यो भिडियो शेयर गर्दै प्रधानमन्त्री ओलीमाथि व्यंग्यसमेत गरेका छन्।ओली आफ्नो जन्म दिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकास्थित आफू जन्मेको घर पुगेका छन्।

यो पपनि सञ्चारमन्त्रीको अडियो बाहिरिएसँगै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ ।समाचार बाहिरिएसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अरुको आङ्गमा जुम्रा खोज्नुभन्दा पहिले आफ्नो आङ्गमा भैसी हेर्नुपर्ने बताएका छन् मन्त्री बास्कोटाको २ मिनेट ३४ सेकेन्डको अडियोसहितको समाचार आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै डा. भट्टराईले

भनेका छन्, “अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम ज्यू ! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको?प्रधानमन्त्री ज्यु, यही हो ‘भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ’भनेको उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *