प्रहरीको बर्दीमा ‘टिकटक’ बनाउँदा सई का र वाहीमा, ‘हाम्लाई पनि मायाले हेर’ पार्वती भन्दै श्रीमतीसंग बनाएका थिए ‘टिकटक’

काठमाडौं, ११ फागुन । सामाजिक सञ्जाल फेसबुकमा ‘टिकटक’ भिडियो बनाएपछि नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रत्नबहादुर थापा का रबा हीमा परेका छन् । उनले प्रहरीको बर्दी महिललाई लगाउन दिएर पे स्तो ल समेत प्रयोग गरेका थिए । महिलालाई सहित प्रहरीको वर्दीमा

टिकटक बनाएर उनले दुरुपयोग गरेका थिए । टिकटकमा प्रहरी भेषमा देखिएकी उनकी महिला पार्टनरले पे स्तो ल समेत समातेको देखिन्छ । सामाजिक सञ्जालमा यस्तो हर्कत गरेपछि उनी का रवा हीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्।

भक्तपुर सुडालमा कार्यरत सइ थापा र एक महिलाले प्रहरी पोसाकमै पे स्तोल बोकेर ‘टिकटक’ बनाएका थिए। महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले आइतबार सई थापाविरुद्ध का रबा ही प्रक्रिया अगाडि बढाएका छन्। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिला प्रहरी हुन् वा होइनन् भन्नेबारे अनुसन्धानबाट खुल्नेछ।

सई थापाले दिलु मगर ९१ नामको टिकटक ह्यान्डलमा बर्दीमा एक महिलासँग टिकटक बनाएको देखिन्छ। त्यस्तै त्यही ह्यान्डल तिनै महिलाले प्रहरीको पोशाकमा पे स्तोल बोकेर टिकटक बनाएकी छिन्। ती टिकटकहरु प्रहरी कार्यालय भित्रै खिचिएको देखिन्छ। भिडियोमा देखिएकी

महिला सई थापाको श्रीमती भएको खुलेको छ। हाल उक्त टिकटक मगरको ह्यान्डलबाट हटाइएको छ। मगरले हाम्लाई पनि मायाले हेर पार्वती बोलको नेपाली गीतमा टिकटक बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *