भारतमा भएको भयानक बस दुर्घटनामा ६ नेपालीको दुःखद मृत्यु

काठमाडौं । नेपाली काँग्रेसले तीर्थयात्राका लागि भारत गएका छ जना नेपाली बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ । तीर्थयात्राका लागि भारत गएका कम्तीमा छ जना नेपालीको यही फागुन ८ गते भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए ।

उहाँहरुको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत दुर्घटनामा जीवन गुमाएकाहरुको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

यो पनि महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्तलाई यसरी गरिदैछ बिदाइ

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश विदेशका साधुसन्तलाई बिदाइ शुरु गरिएको गुठी संस्थानले जनाएको छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको व्यवस्था गरी साधुसन्तलाई बिदाइ गर्न लागिएको पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले राससलाई जानकारी दिनुभयो ।

साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी रु ९५१ देखि रु १५१ सम्म दक्षिणा दिन शुरु गरिएको छ । आइतबार सम्भव नहुनेलाई सोमबार(आज)सम्म पनि दक्षिणा दिएर बिदाइ गरिने उहाँले बताउनुभयो ।यसवर्ष पशुपतिमा करिब चार हजार साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । संस्थानले दक्षिणासहित बिदाइ गरेसँगै कोषका तर्फबाट पनि थप दक्षिणा दिइने उहाँले सुनाउनुभयो ।

संस्थानले वर्गीकरण गरेका साधुसन्तलाई कोषले रु एक हजार एकदेखि रु पाँच हजार एकसम्म दक्षिणा दिने जनाइएको छ । कोषका तर्फबाट रुद्राक्ष मालाले बिदाइ गरिनेछ । संस्थानले दिने गरेको दक्षिणा कम भएको गुनासो साधुसन्तले गर्न थालेपछि कोष स्थापनापछि थप गरिएको हो विसं २०६४ अघिसम्म कालमोचनघाटबाट दक्षिणा दिई साधुसन्तको बिदाइ हुँदै आएकामा त्यसयता दोहोरो नपरोस् भनी पशुपति परिसरबाटै बिदाई गर्न थालिएको संस्थानका सूचना अधिकारी सरोज थपलियाले राससलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *