काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार(हिजो) आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेर तामझामका साथ मनाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले राजसी ठाँटले जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
त्यतिमात्र होइन, प्रधानमन्त्री ओलीले आठराई पुगेर का टे को केक नेपालको नक्सा अं कित रहेको र नेपाललाई का टेर खाएको भन्दै सामाजिक सञ्जालमा आलोचना र बहस भइरहेको छ ।
प्रधानमन्त्रीले केक का,टे,को विषयमा समर्थन गर्नेले भने भारत, अमेरिका, चीन लगायतका देशका प्रमुखहरुले ती देशका नक्शा र झण्डा अंकित केक का,टे,र जन्मदिन मनाएको तस्वीर सामाजिक सञ्जालमा राखिरहेका छन् ।
प्रधानमन्त्री चार वटा हेलिकोप्टर लिएर आठ राइ पुगेको र १५ किलोको केट का,टि,ए,को विषय पनि चर्चामा रहेको छ ।ओलीको जन्मदिनको अवसर पारेर आठराई गाउँपालिकाले विदा दिएको विषयमा सामाजिक सञ्जालमा आ,क्रो,श पोख्नेको संख्या पनि कम छैन नेकपाले गत माघमा
पार्टी नेता–कार्यकर्ताका लागि जारी गरेको आ,चा,रसं,हि,ताको धज्जी स्व,यं अध्यक्षले नै उडाएको भन्दै नेकपाका कार्यकर्ताहरुले समेत नेतृत्वको आलोचना गरेका छन् ।नेकपाले जन्मदिन, पास्नी, व्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरभित्रै सिमित गर्न र तडकभडक नगर्न दिर्नेशन जारी गरेको थियो तर अध्यक्षकै जन्मदिन तामझामका साथ गरिएको भन्दै आलोचना भएको हो ।
कसले के लेखे ?
वाम विश्लेषकसमेत रहेका मुमाराम खनालले सामाजिक सञ्जालमा लेखेका छन्– नेपालको नक्सालाई जन्मदिनको केक बनाउने हात कामेनन् देशको नक्सालाई केक बनाएर का ट्ने हात पनि कामेनन् । न त कामे नेताका हातहरु न कार्यकर्ताका ।यस्तो देखेर लाज मान्ने र मु टु कमाउने त हामी निरीह नागरिक मात्र हौं ।
राप्रपाका नेता राजेन्द्र लिङ्देन लेख्छन्– देशका प्रधानमन्त्रीको जन्मदिनमा का,टि,ने केक अरु केही नपाएर नेपालकै नक्सा बनाएर का,टे,र खाने व्यवस्था मिलाउने महान परिकल्पनाकार चाँही को चक्रा चक्र मध्ये पर्नुभो ?