सुनको भाउको नयाँ रेकर्ड, ८० हजार नाघ्यो

काठमाडौं । केही दिनदेखि उकालो लागेको पहेंलो धातु सुनको मूल्यमा सोमबार पनि नयाँ रेकर्ड कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो।

हिजो आइतबार तोलामा ७ सय रुपैयाँ बढेको सुनको भाउ आज १५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।स्थानीय बजारमा छापावाला सुन आइतबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।आइतबार छापावाल सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजाबी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ९२५ मा कारोवार भएको छ।आइतबार चाँदी प्रतितोला ९२० मा कारोबार भएको थियो।

यो पनि रिंगिट, वन र बहराइन दिनारको भाउ बढ्यो, अरु मुद्रा स्थिर

काठमाण्डौ – सोमबार मलेसियन रिंगिट, कोरियन वन र बहराइन दिनारको भाउ बढेको छ ।अमेरिकी डलरसहित अरु मुद्राको भाउ भने आइतबारकै मूल्यमा किनबेच गर्न सकिन्छ । किनभने आज यी मुद्राको भाउमा घटबढ भएको छैन ।

नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो पनि डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा नै रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा नै रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा नै तोकेको थियो ।यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर २९९रुपैयाँ ३७ पैसा रहेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा नै रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३० पैसा र र बिक्रीदर २७ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २८ पैसा र र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा नै रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०२ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९९ पैसा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *