मध्यराति बे’होस भएपछि नेकपा नेता तथा पूर्वराजदूत लामा अस्पताल भर्ना

काठमाडौं, १२ फागुन । नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामा अस्पताल भर्ना भएका छन् । उनी राति आफ्नै निवासमा वे होस भएपछि अस्पताल भर्ना गरिएको हो ।

गएराति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा एक्कासी बे होस भएको पारिवारिक श्रोतले जनाएको छ । वे होसी अवस्थामा रहेका उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

६८ वर्षीय लामा सुगर र प्रे स रका बिरामी छन्। लामाकी पत्नी इन्द्रमाया तामाङका अनुसार राति सुतेकै ठाउँमा एक्कासी बे होस भएपछि उनलाई तत्कालै एम्बुलेन्समा नर्भिक ल्याइएको थियो। ‘डाक्टरले सोडियमको कमिका कारण बे होस भएको प्रारम्भिक जानकारी दिएका छन् । उनको स्वास्थ्यमा क्रमश सुधार हुँदै गएको छ ।

लामा काभ्रेबाट दुईपटक सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए। कोरियामै हुँदा उनको किड्नीमा क्या न्स रसमेत भएको थियो। पाँच वर्षअघि पनि उनी ग म्भीर बिरामी भएर ठिक भएका थिए। त्यतिबेला पनि उनको नर्भिकमै उपचार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *