प्रेमी उदिपसँग गरिन् आँचलले इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठको आज सोमवार इन्गेजमेन्ट सम्पन्न भएको छ ।पछिल्लो समयकी चर्चित नायिका आँचल दवाडी शर्माले चितवन निवासी डा.उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् । काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा सोमबार

अपरान्ह उनीहरुले औंठी साटासाट गरेर एकअर्कालाई जीवन साथीका रुपमा अपनाएका हुन् ।नायिका आँचलकाअनुसार सोमबार उनीहरुको इन्गेजमेन्ट भएको हो । तर, निमन्त्रणा कार्डमा भने शुभविवाहको लागि वरवधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ ।

जोनी जेन्टल म्यान, नाइ नभन्नु ल ४, शत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छिन् शर्माले गर्न लागेको अन्तरजातीय विवाहलाई दुबै परिवारले स्वीकार गरिसकेका छन्। प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको

चा’हना अनुसार आफुहरू वै’वाहिक सम्बन्धमा बाँ’धिने आँचलले बताउदै आएकी थिइन ।फिल्म अभिनयको अलवा आँचल म्युजिक भिडियोमा समेत ब्य’स्त रहदै आएकी छन् । दर्शकले पल शाहसँग आफूलाई जोडेपनि शाह आफ्नो मिल्ने साथि भएको शर्माले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *