राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउनेलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् सोमबार साँझ आफ्नो ट्वीटर ह्यान्डलमार्फत कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण भएको प्रक्रिया दिएका हुन् ।

‘शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो । निरंकुश पञ्चायती कालमा झैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो,’ उनले अगाडि लेखेका छन्, ‘जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’

सोमबार बिहान प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदा नेविसंघ र समाजवादी विद्यार्थी युनियनका नेताहरुले कालो झण्डा देखाएका प्रयास गरेका थिए ।पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

यो पनि नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

रासस कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले आज सिंहदरबारमा गरेका शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बताए।

यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक पहल गरिरहेको थियो । सम्झौता परिमार्जनका लागि विभिन्न चरणमा द्विपक्षीय वार्ता संवाद भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।

भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ”, सभामुखसँगको भेटमा उनले भने । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको पनि राजदूतले स्मरण गरेका थिए ।

सो अवसरमा सभामुख सापकोटाले जलवायु परिवर्तनलगायत विश्व्यापी समस्या समाधन गर्न नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुुपर्नेमा जोड दिएका थिए ।भेटमा उनले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको कामना गरेको सभामुखको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *