ढेड वर्ष लामो प्रेम सम्बन्धपछि इंगेजमेन्ट गरेकी अभिनेत्री आँचलको विवाह फागुन २९ मा

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले १५ फागुनमा विवाह गर्दै छिन् । अर्की अभिनेत्री आँचल शर्माले पनि यही २९ फागुनमा आफ्नो विवाह गर्ने भएकी छन् । आफ्नो चिकित्सक प्रेमी उदिप श्रेष्ठसँग उनले सोमबार चुच्चेपाटीको इम्पेरियल बैंक्वेटमा परिवारका सदस्यहरूको उपस्थितिमा टीकाटालो ९इंगेजमेन्ट० गरिन् ।राजधानि दैनिकमा खबर छ ।

करिब ढेड वर्ष लामो प्रेम सम्बन्धपछि आँचल र उदीप दाम्पत्य जीवनमा बाँधिन लागेका हुन् । उनीहरूको चिनजान फेसबुकबाट भएको थियो । विवाह गर्ने भएपछि यी दुईले नयाँ व्यवसाय पनि सुरु गरेका छन् ।

अभिनेत्री आँचलले ‘नाइ नभन्नू ल ४’बाट नायिकाको रूपमा फिल्मी यात्रा सुरु गरेकी हुन् । अभिनेता पल शाहसँग उनको प्रेमसम्बन्ध रहेको बताइए पनि अन्तत आँचल डेढ वर्षअघि उदीपसँग नजिक भएकी हुन् । यी अभिनेत्रीले हालै नयाँ चलचित्र झिँगेदाउको छायांकन सम्पन्न गरेकी छन् । अब उनले नयाँ चलचित्र ‘डामाडोल’को छायांकन विवाहपछि गर्ने बताएकी छन् । विवाहपछि पनि चलचित्रमा सक्रिय रहने यी अभिनेत्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *