जनतालाई रुवाएर एम-सीसी पास गर्न सकिंदैन – अध्यक्ष प्रचण्ड

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नसकिने बताएका छन्। उनले विस्तृत अध्ययन गरेर मात्रै अगाडि बढाउने बताए ।

पार्टी कामको सिलसिलामा पोखरा पुगेका प्रचण्डले जे ल्यायो त्यहि पास नगर्ने भन्दै बताए । अर्को प्रसंगमा बोल्दै प्रचण्डले कोरोना भाइरसबारे अतिरञ्जित प्रचार गरेर चीनको बदनाम गर्न खोजेको बताए ।

उनले पश्चिमा शक्तिहरुले चीनमा फैलिरहेको कोरोना भाइरसबारे चीनलाई बदनाम गर्न खोजेको आरोप लगाए । चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर अमेरिकालगायतका मुलुकले असहयोग गरेको जनाएको थियो।

प्रचण्डले यसअघि पनि कोरोना भाइरसमा पश्चिमा देशहरुले राजनीति गरेको बताएका थिए । अध्यक्ष प्रचण्डले नेपालमा अतिरञ्जित हल्ला फैलाउनु आवश्यक नभएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *