लगातार बढेको सुनको मुल्य आज ह्वात्तै घटयो

काठमाडौ । हिजो बढेर प्रतितोला ८० हजार नाघेको सुनको मूल्य आज भने केही घटेको छ । एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाउँदै गएको छापावाल सुनको मूल्य आज मंगलबार ८० हजारमा कारोवार भएको छ । हिजो ८० हजार ३०० मा कारोवार भएको थियो ।

साताको पहिलो दिन ७८ हजार ८ सयमा कारोवार भएको सुन सोमबार १५ सयले बढेको र मंगलबार ३०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

यसैगरी तेजावी सुन तोलामा ७९ हजारमा ७०० मा कारोवार भएको छ । हिजो तेजावी सुन ८० हजारमा कारोबार भएको थियो ।आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ।

सुनको भाउ बढेसँगै डलरको मुल्य पनि उकालो लाग्न थाल्यो

काठमाडौं । सुनको भाउमा निरन्तर वृद्धि भइरहका बेला डलरको भाउ पनि बढ्न थालेको छ । प्रति अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँभन्दा माथि पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रति डलर सटही दर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको छ । करिब २ महिनाको अवधिमा डलर पुनः १ सय १५ पुगेको हो । आजका लागि खरिददर प्रति डलर १ सय १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ भारतीय मुद्रासँगको स्थिर बिनिमय दरका कारण भारु कमजोर हुँदाको असर नेपाली रुपैयाँमा पनि परेको हो । अमेरिकी डलरसँग भारु कमजोर हुँदा नेपाली रुपैयाँलाई समेत असर गर्दै आएको छ ।

डलरको भाउ बढ्दा व्यापार घाटा थप बढ्न मद्दत गर्छ भने रेमिट्यान्समा भने फाइदा पुग्छ । हाम्रो अर्थतन्त्र आयातमुखी अर्थतन्त्र भएको हुँदा आयातित सामान महङ्गो हुँदा त्यसले मूल्यबृद्धि बढाउन समेत सहयोग गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *