काठमाण्डौंबाट पोखरा घुम्न गएका सुमितको श,ब फेवातालबाट यसरी निकालियो (भिडियो)

काठमाण्डौंबाट पोखरा घुम्न आएका चारजना साथीहरु मध्य तीन जना पोखराको खपौदीबाट डुंगा लिएर फेवा तालमा जान्छन् । फेवा तालको बीचमा पुगेपछि डुंगामा पानी पस्यो र दु,र्घ,ट,ना भयो । सोमबारको घटनामा परेर काठमाण्डौंका सुमित लुईटेल ह,राए,का थिए र बाँकी दुई जनालाई नेपाली सेनाले उद्दार समेत

गरेको थियो । हराईरहेका सुमितको श,,ब मंगलबार फेवातालमै फेला परेको छ । नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीको सक्रियतामा फेवा तालको करिब ४० फिट गहिराईबाट उनको श,,ब निकालिएको हो । सुमित बे,प,त्ता भएपछि उनका आफन्तहरु पोखरा आईसकेका थिए । चुहिने डुंगा हुनु र लाईफ जाकेट पनि प्रयोग नगर्नुले दु,र्घ,ट,ना निम्ताएको प्रहरीले बताएको छ । हेर्नुहोस् यो भिडियो ।

यो पनि ‘दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, नेपालीहरुको उद्धारको तयारी के छ’

नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आ’क्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गर्नुभयो ।

नेकपाका धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उ’द्धारका लागि पहल गर्न माग गर्नुभयो । उहाँले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिनुभयो । सोही दलका दीपकप्रकाश भट्टले सुदूरपश्चिम प्रदेशको सहज

व्यापारका लागि मार्गप्रशस्त गर्ने गरी नाका विस्तार गर्न माग गर्नुभयो । नेकपाकै नवराज सिलवालले महिला हिंसाको घटना एवं महिला तथा बालबालिकामाथि तेजाब प्रहारको घटनामा वृद्धि भएको जनाउँदै नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो  उहाँले खुला रुपमा तेजाब बिक्रीवितरण भइरहेकाले तत्काल नियमन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाली काँग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गर्नुभयो । उहाँले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न गर्नुभयो । सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गरायो ।

सोही दलकी डिला सङ्ग्रौलाले देशका अधिकांश विश्वविद्यालयमा पदाधिकारी नहुँदा अस्तव्यस्त भएकाले तत्काल पदाधिकारी नियुक्तिका लागि सरकारसँग माग गर्नुभयो । काँग्रेसकै दिव्यमणि राजभण्डारीले इपासपोर्ट तथा अन्तःशुल्क स्टिकर छपाइमा भइरहेको ढिलाइ र ‘जिटुजी’का माध्यमबाट खरीद गर्न खोजिएकाले त्यसमा अनियमितताको आशङ्का गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *