इन्गेजमेन्टमा डराइन् आँचल

नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले सोमबार इन्गेजमेन्ट गरे । काठमाण्डौको एक पार्टी प्यालेसमा दुइले औठी साटेका हुन् । इन्गेजमेन्ट सोमबार भएपनि यी दुइको बिहे भने फागुणको २९ गते हुँदैछ । चैत्रको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरेका छन् ।

उदिपसँग औठी साटेसँगै नयाँ खालको अनुभव आएको आँचलले भनिन् । उनले अनलाइनखबरसँग भनिन्–‘मलाई त सुरुमा डर पनि लागेको थियो । इन्गेजमेन्टका लागि तयार हुँदै गर्दा आँखाबाट आँशु पनि आयो ।’

आँचल र उदिप करिब डेढ बर्षदेखि प्रेम सम्बन्धमा थिए । बिहेको चर्चासँगै निकै नै उत्साहित देखिएका आँचल र उदिपले दुइको नाम मिलाएर ‘आदिप’ राखेका छन् । पछिल्लो समयमा बलिउडको शैली नेपालमा पनि भित्रिएको छ । कलाकारहरुले आफ्नो जोडीलाई मिलाएर नयाँ नाम राख्न थालेका छन् ।

सम्बन्धित समाचार : प्रेमी उदीपसँग आँचलको इन्गेजमेन्ट नायिका आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् । काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्टमा आँचलको परिवार, उदीपको परिवार र नजिकका केही आफन्तहरुको मात्र उपस्थिती थियो । उनीहरुले बिबाहको मिति भने फागुनको अन्तिमलाई रोजेका छन् ।

आँचल र उदीप झण्डै साढे १ वर्षदेखि प्रेममा थिए । उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए । बिबाह नै गर्ने र यसै वर्ष बिबाह गर्ने पक्का भएपछि आँचल र उदीपले केही महिना अगाडिबाट प्रेमको बिषयमा खुलेर बोल्दै आएका थिए ।

नायिका आँचल शर्मा बिबाहलाई लिएर निकै उत्साहित देखिन्छिन् । उनले केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा नै आफू बिबाहलाई लिएर उत्साहित भएको बोलेकी थिइन् । सामाजिक संजालमा आएका उनका तस्विर र स्टोरीहरुले पनि उनी दुलही बन्न उत्साहित रहेको पुष्टि गर्थे ।

आँचल बिबाह पछि पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने बताउँछिन् । आफू र आफ्नो पेशालाई बुझ्ने श्रीमान पाएकाले उनी यसै क्षेत्रमा रहेर काम गर्ने विश्वास दिलाउछिन् । आँचल अभिनित ‘झिङ्गे दाउ’ रिलिजको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *