बाढी पीडितका लागि बस्ती बनाउँदै अञ्जु पन्त, सहयोगको अपील

काठमाडौं  दुई वर्षअघि पर्सा जिल्लाको पर्टेर्वामा आएको बाढीले घरबारविहीन भएका बाढी पीडितका लागि निर्माण भइरहेको वस्ती निर्माणका लागि थप आर्थिक सहयोगको अपील गरिएको छ ।अञ्जु पन्त फाउण्डेनले निर्माण गरिरहेको यो भवनको सहकार्यमा सघाउन गो फण्ड मी मार्फत सहयोगको अपील गरिएको हो ।

बाढीले पटेर्वाको बस्ती नै उजाड बनाएको थियो । उक्त गाउँका ३५ परिवारले सहयोगका लागि अपील गरेपछि फाउन्डेसनले बस्ती निर्माणको घोषणा गरेकी थिइन् । उक्त वस्ती निर्माणका लागि झण्डै ३ करोड ५० लाख खर्च लाग्नेछ ।वस्ती निर्माणमा सहकार्य गर्न गो फ,ण्ड मी,मा गई

अञ्जु पन्त फाउण्डेसनमार्फत सहयोग प्रदान गर्न सकिनेछ ।फाउन्डेसनकी प्रमुख अञ्जु पन्तले बस्ती निर्माणका लागि रकम जुटाउने प्रयासमा लागेको बताइन् । पन्तले फाउन्डेसनको आधिकारिक वेबसाइटमार्फत पनि सहकार्यका लागि अपील गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *