कोरोनाभाइरस संक्रमित जापानी जहाज ‘डायमण्ड प्रिन्सेस’बाट भारतले नेपालीको उद्धार गर्‍यो

काठमाडौं। कोरोनाभाइरसको संक्रमण फैलिएपछि ३७०० यात्रु र क्रु सदस्यसहित जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको पानीजहाज ‘डायमण्ड प्रिन्सेस’बाट भारतले नेपाली नागरिकको समेत उद्धार गरेको छ । भारतले आफ्ना ११९ नागरिकसहित ५ विदेशी नागरिकलाई समेत उद्धार गरेको हो । यसरी उद्धार गरिएका विदेशीमा एक जना नेपाली पनि छन् ।

इकोनोमिक टाइम्सका अनुसार ११३ क्रु सदस्य र ६ यात्रु गरी ११९ भारतीय, २ जना श्रीलंकाली, एक जना नेपाली, एक जना दक्षिण अफ्रिकी तथा १ जना पेरुका नागरिकको उद्धार गरिएको हो । यी सबैलाई बोकेर टोक्योबाट उडेको एयर इण्डियाको जहान भारतको राजधानी नयाँ दिल्ली आइपुगेको समाचारमा जनाइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार बिहान ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।

जयशंकरले ट्वीटमा लेखेका छन् ‘डायमन्ड प्रिन्सेस जहाजमा रहेका ११९ जना भारतीयका साथै श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका पाँच जना लिएर टोकियोबाट उडेको एअर इन्डियाको विमान दिल्लीमा अवतरण गरेको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *