घर हिडेका श्रीमान बाटैदेखि बेपत्ता || छोराछोरीको यो हाल, ड*रलाग्दो रहस्य (भिडियो)

श्रीमतीसंग काठमाडौं स्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका श्रीमानले उनलाई काठमाडौंमै छोडेर हराएको तीन वर्ष भइसक्यो । आफ्नो घर जान्छु तिमी बसीराख भनेर हिडेका श्रीमान अहिले सम्म फर्केर आएनन् । हराएको तीन वर्ष भइसक्दा पनि उनको हालखबर थाहा हुन सकेको छैन । महोत्तरीको वर्दिवासका अन्जना कटुवाल देवकोटाका श्रीमान हराएको तीन वर्ष भइसकेको छ । काठमाडौं पशुपतिनाथ मन्दीरको दर्शन पछि उनले म वर्दिवास जान्छु, भनेर श्रीमतीलाई भनेर हिडेका थिए ।

सल्लाह गरेर नै तराई घर जान्छु भनेर हिडेका हुन् । उनी श्रीमानलाई लिएर माइत काठमाडौं आएकी थिइन् । माइतको आमा विरामी भएका कारण उनी श्रीमानलाई लिएर आमा भेट्न आएकी थिइन् । पशुपतिनाथ मन्दीर दर्शन पछि उनले म घर जान्छु भनेर सल्लाह मै हिडेका थिए । तर उनी काठमाडौंवाट हिडेपछि पथलैया पुग्दा सम्म फोन सम्पर्क पनि भइरहेको थियो । त्यसपछि भने उनको फोन पनि लागेन, उनी पनि फेला परेनन् । उनको अवस्था के छ भन्ने पनि श्रीमतीलाई थाहा पनि छैन । उनले प्रहरीलाई पनि गुहारीन्, मिडिया पनि गुहारेकी थिइन् । तर कसैले पनि सहयोग गरेनन् । तीन वटा छोराछोरी लिएर उनी श्रीमानको खोजिमा छन् । छोराछोरीलाई माइतीको दिदीबहिनीको सहयोगमा पढाइरहेकी छन् ।

१० कक्षा सम्म छोराछोरी पढाए पछि श्रीमान हराएपछि त्यो भन्दा माथिको पढाई कसरी पढाउने भनेर उनी चिन्तित भइन्, मानसिक समस्या पनि भयो त्यस्तो अवस्थामा उनको दिदी भिनाजुले सहयोग गरिरहेका छन् । उनलाई आफ्नो भन्दा पनि छोराछोरीको भविष्यले रुवाएको छ । अगाडी छोराछोरीलाई पढाउने भन्ने केही टुंगो छैन । जसोतसो पढ्दै गरेका छोराछोरीको पनि पढाई विग्रिएको छ । बाबा हराउँदा उनको जेठी छोरीले एसएसली दिँदै थिइन् । त्यसैले उनको परिक्षामा पनि समस्या आयो । छोरीका अनुसार बुवालाई आर्थिक समस्या थियो । त्यसैका कारण उनी हराएको हुनसक्ने छोरीको अनुमान छ ।

श्रीमान हराएपछि ससुराले काठमाडौंमा भएको घर पनि बेचिदिए । सानो छोराले ममी हजुरसंग ५ रुपैया पनि छैन म चकलेट खाँदिन भन्दा मन भक्कानिने गरेको बताइन् । छोरा हराएपछि ससुराले पनि हेला गरेको उनले बताइन् । उनले काठमाडौंको घर समेत बेचेर सडकमा आउन बाध्य पारेको बताइन् । घरमा दशैंमा टिका लगाउन जाँदा पनि छोरा भएन वंश सकिने भयो भनेर सासु ससुराले दवाव दिएका कारण आफुले तेस्रो सन्तानका रुपमा छोरा जन्माएको बताइन् । हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *