प्रियंका आफूभन्दा जेठी हुँदा निकलाई समस्या छ ? दिए यस्तो जवाफ

बलिउड र हलिउडका फ्यानका लागि निक जोनस र प्रियंका चोपडाको जोडी सधै चासोको विषय बनेको छ । यो जोडीले बिहे गरेको पनि एक वर्ष भइसक्यो ।उमेरले प्रियंकाभन्दा निक जोनस १० वर्ष कान्छा छन् । निक यतिबेला २७ वर्षका भए भने प्रियंका ३७ वर्षकी भइन् । निक

जोनसले यतिबेला एक शोमा निर्णायकको भूमिका निभाइरहेका छन् ।द भ्वाइस’ नामक उक्त शोका दौरान अर्की निर्णायक क्याली क्लार्कसनले जिस्किँदै सोधिन्  मेरो उमेर ३७ हो, तपाईंको त शायद २७ हैन ?यो प्रश्नपछि निकले बुझे कि, आखिर उनले के सोध्न खोजिरहेकी थिइन् । निकले जवाफ दिए – मेरी पत्नीको उमेर ३७ भयो । मलाई यो कुराले कुनै दिक्क लगाएको छैन ।निकको यो जवाफ सुनेर उपस्थित दर्शकले ताली

बजाएका थिए । निकले पनि उक्त मोमेन्टको रमाइलो लिए ।निकअघि प्रियंकाले पनि यो खाले प्रश्नको सामना गर्नुपरेको थियो । एक अन्तर्वार्तामा प्रियंकाले पनि भनेकी थिइन् – यो कुराले मलाई फरक पर्दैन, मलाई लाग्छ कि मिडियाले हामीलाई ट्रोल बनाउनमा महत्त्व दिइरहेको छ, हामी यस्ता ट्रोलका बारेमा कुरा पनि गर्न चाहन्नौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *