सडक दु र्घट नामा छोरा, बुहारी नाति सहित सिपी मैनाली घाइते, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

महोत्तरी – नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दु र्घ टनामा परी घा इते हुनुभएको छ ।गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गर्नुभएका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दु र्घ टनामा परी परिवारका अन्य सदस्यसहित घा इ ते हुनुभएको हो ।

नेता मैनाली चढ्नुभएको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दु र्घ ट नामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दु र्घ ट नामा परी नेता मैनाली, उहाँका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिनुभयो । घा इ ते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा ल्याइएको छ ।

दु र्घ ट नाको खबर पाएलगत्तै प्रहरी टोलीले घा इ ते को उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पु¥याएको थियो । पाँचैजनामध्ये नेता मैनाली र उहाँकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।

नेता मैनाली बिहान बिर्तामोड–४ स्थित आफ्नै घरबाट बिहान ५ः१५बजे काठमाडौँका लागि हिँड्नुभएको थियो । भाइ मीनप्रकाशकी छोरीको विवाहका लागि उहाँ केही दिनअघि झापा जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *