गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीको युटर्न, दिए यस्तो बयान

काठमाडौं । गोकुल बाँस्कोटा प्रकरणमा प्रधानमन्त्रीको बयान फेरिएको छ । नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुनियोजित रुपमा फसाइएको बताउँनु भएको छ । आज नेकपाद्वारा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा ओलीले यस्तो बताउँनु भएको हो ।

उहाँले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन भनिसकेको पनि खुलाउँनु भएको छ । यस भन्दा पहिले बाँस्कोटाले पनि उक्त अडियो आफ्नो नभएको बताउँदै आउँनु भएको छ । पुर्व सञ्चारमन्त्री समेत्त रहनु भएका बाँस्कोटाले पनि त्यसमा आफ्नो संलग्नता छैन भनिसकेको र स्वीस एम्बेसीको कुरा जोड्दै ओलीले यसलाई ढाकछोप गर्न खोजेको देखिएको छ । बाँस्कोटाले ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो बाहिर आएको थियो ।

नाम जोडेर अडियो सार्वजनिक भए लगत्तै बाँस्कोटाले नैतिकताको आधारमा राजिनामा दिएर राम्रो काम गरेको पनि प्रधानमन्त्रीको बुझाई रहेको छ । यस प्रकरणमा आफ्ना नाममा पनि उजुरी परेको सुनेको भन्दै त्यसको कुनै अर्थ नभएको बताउँनु भयो । यस भन्दा पहिले उहाँले घटनाको निष्पक्ष जाँच हुनुपर्ने र दोषि जो कोहीलाई दण्डित गर्नुपर्ने बताउँनु भएको थियो । एक फरक प्रशंगमा ओलीले आफु जन्मदिन मनाउन तेह्रथुम पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको बताउँनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *