४ तोला सुन दिएर टि,का,टा,लो गरिएको दु,ला,हा राजधानीको बानेस्वरमा आयोजित विवाह समारोहमा जन्ती लिएर नआएपछि दुलहीको बेहाल, टिकाटालो गरेको उनको घर पुग्दा सबैको होस् उड्यो

काठमाडौँ । राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली म,च्चि,ए,को छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उ,जु,री गरेको थियो ।

आफूलाई इञ्जिनियर बताउने आश्रेय बस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चा,र तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि फेला परेन । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको खुल्यो ।

काठमाडौँमा नभेटिएका साहिल अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट स्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार

देखिएको छैन । उनलाई आपराधिक विश्वासघात ठ,गी मु,द्दा चलाउने भइरहेको छ ।प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो । फरार रहेका ती दुलहा अझै फेला परेका छैनन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *