जन्मदिनसँगै बिहेमा रम्दै प्रियंका

नायिका प्रियंका कार्कीको आज जन्मदिन हो । नायिका कार्कीको यस पटकको जन्मदिन अझै विशेष छ । कारण, उनी बैबाहिक जीवनमा प्रवेश गर्ने तयारीमा छिन् । नायिका कार्कीको बिहेका विभिन्न कार्यक्रम केही दिनदेखि काठमाण्डौको एक होटलमा चलिरहेको छ । मेहेन्दी, संगीत समारोह आयोजना भैसकेका छन् । उनी बैबाहिक जीवनमा पनि बाँधिएकी छिन् । बिहेकै दिन प्रियंकाले आयुष्मानलाई आफ्नो जीवनसाथी बनाएकी छिन् ।

नायक आयुष्मान देशराज जोशीसँग केही बर्ष प्रेममा रहेपछि नायिका कार्कीले बिहे गर्ने निर्णय गरेकी हुन् । आयुष्मान र प्रियंकाले बिहेकालाई भव्यता दिनका लागि कुनै कसर बाँकी राखेका छैनन् । नायिका कार्की र नायक देशराजले ब्याचलर पार्टी दिएसँगै बिहेको कार्यक्रम सुरु गरेका थिए ।

सम्बन्धित समाचार : जिल्ला अदालतमा प्रियंका र आयुष्मानको कानुनी बिहे नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको बिहे चर्चा केही दिनदेखि चलिरहेको छ । बिहेमा हुने विभिन्न समारोहमा सहभागी भएर उनीहरुले बिहेलाई भव्य बनाइरहेका छन् । मेहेन्दी, संगीत समारोह आयोजना भैसकेका छन् ।

यसैविच, उनीहरुले बिहिबार कानुनी रुपमा बिबाह गरेका छन् । जिल्ला अदालत ललितपुर पुगेर दुइले कानुनी रुपमा बिहे गरेका हुन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर पनि पोष्ट गरेकी छिन् ।

कानुनी रुपमा आज बिहे गरेर एक भएका प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिहे गर्दैछन् । शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *