प्रियंका र आयुष्मानले गरे कोर्ट म्यारिज, सामाजिक सञ्जालमा लेखे यस्तो

व्यस्त नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिबाह गरेकी छिन् । उनले बिहीबार जिल्ला अदालत ललितपुरमा कोर्ट म्यारिज गरेकी हुन् ।सामाजिक सञ्जाल इन्स्टाग्राममा ब्याच्लर पार्टीदेखि मेहेन्दीसम्मको फोटोहरु भाइरल भइरहँदा बिहीबार यो जोडीले कोर्ट म्यारिज गरेको हो ।

उनीहरुले सामाजिक सञ्जालमार्फत कोर्ट म्यारिज भएको जनाएका छन् । दुबैले आफ्नो सामाजिक सञ्जालमा बिबाहको फोटो राख्दै ‘मिस्टर एण्ड मिसेज श्रीमान–श्रीमती) लेखेका छन् ।निकट व्यक्तिहरुको उपस्थितिमा उनीहरुले एकअर्कालाई माला लगाइदिँदै कानुनी रुपमा बिहे गरेर बिबाह दर्ता गराएका थिए । यसअघि उनीहरुले फागुन १५ मा बिहे गर्ने भनिएपनि स्वरुप भने सार्वजनिक गरिएको थिएन

यो पनि नेपालमा काम गर्न अनुमति लिनेमा चिनियाँ ७० प्रतिशत

नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका अनुसार चालू आवको पहिलो छ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ५७१ जनाले श्रम इजाजत नवीकरण

गराएका छन् ।जसको झण्डै ७० प्रतिशत निचियाँ नागरिक रहेको विभागले जनाएको छ ।चालू आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम इजाजत र श्रम इजाजत नवीकरण गरेका १हजार १९७ जनामध्ये १९३ महिला छन् । सो अवधिमानयाँ श्रम इजाजत लिने महिलाको संख्या ९९ छ भने इजाजत नवीकरण गर्ने महिलाको संख्या ९४ रहेको विभागले जनाएको छ । नेपालमा काम गर्ने भारतीय नागरिकको संख्या निकै ठूलो भएपनि सबै भारतीयले श्रम इजाजत लिने गरेका छैनन् । गोरखापत्रमा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *