विवाहको प्रस्ताव अस्वीकार गर्दा बिन्दवासिनी कंशकारलाई ते जा ब प्र’हा र गर्ने भारतीय नागरिक केशरीलाई आठ वर्ष जेल स’जाय

जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि ते जा ब प्र’हार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कै’द र रु एक लाख ज’रिवाना गर्ने फै’सला गरेको छ ।

साथै पीडित कंशाकारको उपचारमा खर्च भएको रु एक करोड १४ लाख ८५ समेत पी’डकबाट भराउन तथा पी’ड क बाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ ।

अदालतले कंशाकारमाथि तेजाब प्र’हार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष छ महिना कैद स’जा य सहित रु ४० हजार ज’रिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्र’हार गरेका थिए । प्र’हारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए । वीरगञ्ज हुँदै भारत भागेका उनीलाई छ वर्षपछि मकवानपुर प्रहरीले

भारतबाटै पक्राउ गरेर ल्याएको थियो । आ’क्र म णबाट अनुहार तथा शरीरको अन्य भागमा ग’म्भी र असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *