उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण

काठमाडौं । इरानका उपराष्ट्रपति मासुमेह एब्तेकारमा कोरोना संक्रमण भएको पाइएको छ । उपराष्ट्रपति एब्तेकारमा संक्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोनाको संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय ४५ पुगेको छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस ९कोभिड–१९०ले अहिले विश्वभर आतंक मच्चाइरहेको छ । चीनमा यसको संक्रमण फैलने क्रममा केही सुधार भएपनि विश्वका अन्य देशमा भने त्रास बढाएको छ ।

यसअघि इरानकै उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । हालसम्म इरानमा मात्र कोरोनाका कारण २६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । संक्रमण बढ्दै गएपछि इरानका राष्ट्रपति हसन रुहानीले अहिल्यै शहर बन्द गर्ने योजना नभएको बताएका छन् । साथै राष्ट्रपति रुहानीले भाइरसमाथि नियन्त्रण पाउन अझै दुई–तीन हप्ता लाग्न सक्ने बताएका छन् ।

यो पनि स्वास्थ्य मन्त्रीलाई नै कोरोना

इरान । इरानका उप–स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका अधिकारीले बताएका छन् । इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले एक ट्वीट गर्दै कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर सङ्क्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । वाहबजादेहका अनुसार उप–स्वास्थ्यमन्त्री इरज हरिर्चीले सरकारका प्रवक्ता अलि रबिएसँगै सोमबार गरेको पत्रकार सम्मेलनका दौरानमा पटक पटक खाकेको थिए भने पसीना बगाएको देख्न सकिन्थ्यो । लक्षणका आधारमा उनलाई अस्पताल पु¥याइएको थियो । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *