५ जना सवार सेनाको हेलिकप्टर दु ’र्घ ट ना हुँदा तीनजनाको मृ’ त्यु

एजेन्सी, १६ फागुन । कोलम्बियामा सेनाको हेलिकप्टर दु ’र्घ ट ना हुँदा तीनजनाको निधन भएको छ । हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अन्य दुई जनाको अवस्था बारे भने केहि बताइएको छैन ।

उक्त दु’ र्घ ट ना स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजेतिर भएको बताइएको छ । मेल्गारबाट तोलिमाका लागि उडेको हेलिकप्टर कुन्डिनामार्काको मड्रिड शहर नजिकै दु’ र्घ ट ना भएको कोलम्बियाको वायु सेनाले उल्लेख गरेको छ ।

यो पनि , युरोपा लिग : आर्सनललाई पराजित गर्दै युनाइटेड अन्तिम १६ मा प्रवेश

एजेन्सी, १६ फागुन । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र वल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा आर्सनल भने अन्तिम ३२ बाटै बाहिरिएको छ ।बेल्जियन क्लब ब्रुगलाई दोस्रो लेगमा ५–० ले पराजित गर्दै युनाइटेड समग्रमा ६–१ ले विजयी भएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

घरेलु मैदान ओल्ट ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज, ओडियन ओघालो र स्कट म्याकटोमिनेले एक–एक गोल गरे ।खेलको २३ औं मिनेटमा ब्रुगका सिमोन डेली रातो कार्ड खाँदै मैदान बाहिरिउपछि ब्रग दश खेलाडीमा झरेको थियो । त्यसको फाइदा उठाउँदै युनाइटेडले ५ गोल गरेको हो ।

उता, लण्ड क्लब आर्सनलले पहिलो लेग अवे मैदानमा १–० ले जितेपछि दोस्रो लेगमा ग्रिक क्लब ओलम्पियाकोसंग घरेलु मैदानमै २–१ ले हारेपछि अवे गोलका आधारमा बाहरियो । समग्रमा नतिजा २–२ भए पनि घरेलु मैदानमा दुई गोल व्यहोरेपछि आर्सनल अभागी बनेको हो ।

एमरेट्स स्टेडियममा भएको खेलमा पिएरे एमरिङ ओवामेयाङले खेलको अन्तिममा गोल्डेन चान्स गुमाउँदा आर्सनल पराजित भयो ।यस्तै अर्को इंग्लिस क्लब वल्भ्सले स्पानिस क्लब स्पायोललाई समग्रमा ६–३ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पहिलो लेगमा ४–को जित हात पारेको वल्भ्सले दोस्रो लेग ३–२ ले हारेपनि समग्रमा खेल ६–२ ले जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *