यस्तो बाबा जस्ले दुई महिने नावालक छोरालाई आफ्नो कलेजो च्वाट्टै काटेर दिने महान् व्यक्तिको कामले सबैलाई रुवायो (भिडियो सहित)

भारतको चेन्नईमा पुगेर एक बाबुले आफ्ना दुई महिने छोरालाई कलेजो दिएर बचाएका छन् । वैतडीका सुर्नया गाँउपालिका ६ कोखेतका महेश अवस्थीले आफ्नो दुई महिने छोरालाई कलेजो दिएर बचाएका हुन् । उनी रेडियोकर्मी पनि हुन् । जन्मेको १४ दिनमै छोराको कलेजोले काम नगरे पनि उनीहरु उपचारका लागि भौतारिएका थिए । तर चिकित्सकले त्यही अवस्थामा एउटा आशाको दियो देखाए ।

बुवाले कलेजो दिएमा प्रत्यारोपण गर्न सकिन्छ भनेर डाक्टरहरुले भनेपछि उनीहरु त्यसका लागि भारतको चेन्नई पुगेका हुन् । भारतको चेन्नईमा लामो समय बसेर उनीहरुले आफ्नो नाबालक छोरालाई बचाएर ल्याएका छन् । उनले आफ्नो छोराको यस्तो अवस्था हुँदा उपचारका लागि पाएको पीडा समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै मिडियामा सार्वजनिक गरेको पत्र निकै चर्चीत भएको थियो ।

गएको कात्तिक ७ गते उनको छोरा शिवांशलाई जन्मेको १४ दिनमा पेट फुल्ने समस्या आएपछि कान्ति बाल अस्पतालमा लगेका थिए । कान्तिमा बेडको व्यवस्था नभएपछि त्रिवि शिक्षण अस्पतालमा बेड मिलाएर १ महिना उपचार गर्दा पनि कुनै सुधार नभएपछि छोरालाई भारत लगेका हुन् ।

एक महिनासम्म शिक्षण अस्पतालमा उपचार गर्दा रोग के हो भन्ने पत्ता नै लागेन । उनले एक महिना अस्पतालमा राख्दा पनि छोराको रोग केहो भन्ने थाहा नहुँदा उनले निकै दुख पाए ।

सरकारी अस्पतालमा भनसुन र सोर्सफोर्सका आधारमा उपचार गराइन्छ भन्ने सुनेको थिएँ । तर आफैंले भोगेपछि बल्ल महसुस भएको छ । अस्पतालमा भर्ना र उपचार गर्न सोर्सफोर्सको आधारमा गराइन्छ उनले भनेका छन् । कलेजो प्रत्यारोपणका लागि ६० लाखदेखि १ करोड रुपैयाँ लाग्ने बताएपछि उनी चेन्नई पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *