नेहा र आदित्यको विवाहको बारेमा नेहाको अर्को खुलासा

भारतीय टेलिभिजनमा प्रशारण भएको रियालिटी शो ‘इन्डियन आइडल–११’ सिजनमा नेहा कक्कर र आदिन्य नारायण झाको विवाहले निकै चर्चा पायो ।शोमा आदित्य र नेहाको विवाह भ्यालेन्टाइन डेको दिनमा हुने पक्का भनेर समाचारहरु बाहिरिए । उनीहरुको विवाहलाई लिएर गायक उदितदेखि धेरैले चर्चा समेत गरे ।

तर, केही समयपछि उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको र विवाह पनि नक्कली भएको खुलासा भयो । त्यस विषयमा आदित्य र उदित दुवैले खुलेरै विवाहको विषय शोको टिआरपी बढाउनकै लागि गरिएको नाटक भएको बताएका थिए ।यसपछि, नेहाले पनि यस विषयमा बोलेकी छिन् नेहाले विवाहको कुरा नाटक मात्रै भएको खुलाएकी छिन् । उनले आदित्यको आफ्नै प्रेमिका भएको र निकट भविष्यमा नै उनले ती युवतीसँग विवाह गर्ने समेत खुलाएकी छिन् ।

यो पनि दोस्रो सातामा बढ्यो ‘आमा’ को शो

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ दोश्रो सातामा प्रवेश गर्न सफल भएको छ । पहिलो सातामा राम्रो दर्शक पाएको कारण दुबै फिल्म दोस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।

फिल्म ‘आमा’ ले पहिलो साता भन्दापनि धेरै दोस्रो सातामा पाउन सफल भएको छ । फिल्मको माउथ पब्लिसिटी राम्रो भएको कारण पहिलो साता भन्दा दोस्रो साता राम्रो शो मिलेको हो । फिल्मको शनिबारको बुकिङ पनि राम्रो देखिएको छ ।

निर्देशक दीपेन्द्र के खनालले आज शुक्रबार फिल्मको व्यापार राम्रो रहेको भन्दै शनिबार आक्रामक हुने विश्वास व्यक्त गरे । दीपेन्द्रकै लेखन, छायाँकन र निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्मले तीन आमाको कथा बिषयबस्तु बनाएको छ ।

त्यस्तै ‘सेन्टी भाइरस’ पनि दोश्रो सातामा प्रवेश गरेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *