उत्तर कोरियामा कोरोनाका बिरामीलाई गो/ली हा/नी ह/त्या !

प्योङयाङ : चीनको छिमेकी मुलुक उत्तर कोरिया कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि सं’क्र’मि’त नभेटिएको दावी गरेका छन् । तर केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक सं’क्र’मि’त भेटिएको बताएका छन् ।तर तिनलाई ”गो”’ली हा”नी ह”’त्या गरेको बताइएको छ । उत्तर कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको बताउँदै आएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा सं’क्र’मि’त भेटिएको जनाएका थिए । दक्षिण कोरियाली पत्रिका कोसन इल्बोले सिनुइजु सहरमा दुईजना कोरोना भाइरसका बिरामी भेटिएको जनाएको थियो ।

कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर दुई हजार ८७३ को निधन

नयाँ कोरोनाभाइरसको स”ङ्क्र”मणबाट विश्वभर शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको निधन भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा स”ङ्क्र”मण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ ।सम्बन्धित मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा जनाइएको छ ।

बिहीबार साँझपछि उक्त भाइरसको स”ङ्क्र”मण एक हजार २९३ थप व्यक्तिमा देखिएको छ । मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको निधन भएको छ भने ७८ हजार ८२४ जनालाई स”ङ्क्र”मण पुष्टि भैसकेको छ । ग्रीनवीच समय अनुसार बिहबिार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको निधन भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा स”ङ्क्र”मणको पुष्टि भएको छ ।

यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सङ्क्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको निधन भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा स”ङ्क्र”मण पुष्टि भएको छ ।चीनबाहेक स”ङ्क्र”मण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई स”ङ्क्र”मणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र स”ङ्क्र”मण पुष्टि भएको हो । दक्षिण कोरियामा स”ङ्क्र”मणपछि उपचारका क्रममा १३ व्यक्तिको निधन भएको छ । त्यस्तै इटलीमा १२२ नयाँ सङ्क्रमित व्यक्तिसहित ६५० जनाले स”ङ्क्र”मणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस स”ङ्क्र”मणका कारण इटलीमा १७ जनाको निधन भइसकेको छ ।

इरानको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको निधन भएको छ भने कूल १४३ थप व्यक्तिमा स”ङ्क्र”मण पुष्टि भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ ।त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस स”ङ्क्र”मण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरसको स”ङ्क्र”मण पुष्टि भएको र आठ जनाको निधन भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *