चट्याङसहित वर्षा हुने भन्दै यस्तो आयो मौसम सम्बन्धी नयाँ चेतावनी

काठमाडौं । पछिल्ला दिनहरुमा खराब हुँदै गएको मौसममा आज पनि निरन्तरता रहने भएको छ । आज पहाडका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै तथा मध्य र पूर्वका थोरै पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

फागुन १७ गते (शनिबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

फागुन १८ गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *