एकै परिवारका ६ जना दिदीबहिनी प्रहरीमा जागिरे

गंगा अधिकारी गौली (असई) जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार)नेपाल प्रहरीमा तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी प्रहरीमा कार्यरत छन् । एउटै परिवारका ६ जना दिदी–बहिनी नेपाल प्रहरीमा जागिरे भएको मानिसलाई विश्वास गर्न गाह्रो पर्छ ।

नेपाल प्रहरीमा तलाखु–९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी छन् । इलाका प्रहरी कार्यालय इटहरीमा गंगा अधिकारी गौली असई) छिन् ।जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन । भने दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) । हाल जमुना र विष्णुले अवकाश लिइसकेको अधिकारी परिवारले जनाएको छ ।

यो पनि खाडी र मलेसियामा जस्तै अब अमेरिकाले पनि नेपाली कामदार माग्यो

खाडी र मलेसियामा जस्तै अब अमेरिकाले पनि नेपाली कामदार माग्योअमेरिकी सरकारले कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । जुन भिसा अमेरिकाले खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।नेपाली समय

अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता

गराउन सक्नेछन् ।हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी दिएको थियो ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो । विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो ।यसैबर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ ।तर अमेरिकन डिग्री हो,ल्डर,का लागि भने विगतको तुलनामा निकै सहज बनाएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छ,नो,ट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्ने सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *