१६ वर्षिया अनुले बुवालाई दागबत्ती दिदै बसिन क्रिया !

उदयपुर । रुढीबादी समाज परिवर्तनको पक्षमा उभिदै उदयपुरको त्रियुगा नगरपालिका– १२ डिएमगेटकी रौनीयार समाजकी एक मधेसी छोरीले बुवाको क्रियापुत्री बनेर अन्तिम संस्कार गरेकी छिन् । उदयपुरमा मधेसी समुदायमा पहिलो पटक छोरीको नाताले उनले यस

किसिमको संस्कार अंगाल्दै समाज परिवर्तनको उदाहरण दिएकी हुन् ।गाईघाट निबासी अनिलकुमार गुप्ताको निधनपछि उनकी छोरी १६ वर्षिया अनु गुप्ताले बुवाको क्रियापुत्री बसेर अन्तिम संस्कार गरेकी हुन् । छोरी अनुले नै आफनो जातीय धार्मीक संस्कार अनुरुप बुवालाई दागबत्ती (मुख अग्नी) पनि दिइकी थिइन् । ३९ वर्षिय अनिलको अस्पतालमा निधन भएको थियो । अनु उनकी एक्ली छोरी हुन् ।

मधेसी समाजका अगुवा युवा राजकुमार शर्माका अनुसार समाज परिवर्तनको पक्षमा उभिएर छोरी अनुले आफनो बुवाको क्रियापुत्री आफै बसेकी हुन् । समाज रूपान्तरणको यो कदम उदयपुरको मधेसी समाजमा पहिलो भएको शर्माले बताए । उनको यो कदमलाई रौनियार समाजले स्विकार गर्दै सामाजिक परिवर्तनको नाम दिएका छन् ।रौनियार समाजकै अगुवा युवा रुपम अनुरागले समाज परिवर्तनको संज्ञा दिदै अनुले बुवालाई दागबत्ति (मुख अग्नी) दिएको तस्बिर फेसबुकमा पोष्ट समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *